साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यतिवेला शहर मातेको छ

मुक्ति विरोधीहरू शहर पसेका छन् । देशलाई निचोर्ने पनि शहरमै बसेका छन् गरिबले त के गर्न सक्छ र ? यिनीहरूले नै देशको मुटुमा छुरी धसेका छन् शहर डिस्कोको नग्नतामा तातेको छ । यति वेला शहर टन्न पिएर मातेको छ ।

Nepal Telecom ad

विरही अधिकारी :

यतिवेला शहर मातेको छ
सम्साँझै भट्टीहरू तनावग्रस्त छन्
एड्सको संक्रमणबाट प्रदूषित मनहरू
स्वयं त्रस्त छन्
संवेदना र स्वाभिमान गाउँ पसेपछि
शहर रक्तचापले तातेको छ
यथार्थमा यतिवेला शहर मातेको छ
शहर स्वार्थी छ
विरामी हुँदा अस्पतालले
गरिबलाई बस्न दिएको छैन
अछुतको संज्ञामा
मान्छेले मान्छेलाई घरमा पस्न दिएको छैन
शहर गैर कानुनी हो
शहर दिनभर आवाजमा बमिट गर्छ
मन्त्री जस्तै बोल्ने पनि बोल्छ
नबोल्ने पनि बोल्छ
पुरस्कार प्राप्त नारी संगठनहरू भोज खाँदैछन्
बैनीले भोकमा पटुकी कसेकी छ
दिदी घर गरिखान नसकेर
माइतै बसेकी छ
सूर्योदय हुनु अगावै शहर तातेको छ
यथार्थमा शहर टन्न मातेको छ ।
मुक्ति विरोधीहरू शहर पसेका छन् ।
देशलाई निचोर्ने पनि शहरमै बसेका छन्
गरिबले त के गर्न सक्छ र ?
यिनीहरूले नै देशको मुटुमा छुरी धसेका छन्
शहर डिस्कोको नग्नतामा तातेको छ ।
यति वेला शहर टन्न पिएर मातेको छ ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म देश दुखेर बाँचेको छु

म देश दुखेर बाँचेको...

विरही अधिकारी
नारी

नारी

विरही अधिकारी
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x