सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताजीको सान

खाए माते स्वादिला मासु चोक्टा मर्दा भारी लास लाग्दै छ बोक्ता भाते रातेसाथमा सात भाइ काले गोरे फेरि छन् आठ दाइ देशै लुस्दै गर्न थाले रजाइँ यस्तै छन् नेता तपाईं मपाईं ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्यौपाने :

ल्याङ्ल्याङे नङ्ग्रे कि या होस् फट्याङ्ग्रे
ल्याङ्ग्रे होस् या लाहुरे होस् कि ढ्याङ्ग्रे
पाखण्डे होस् दाउरे या भुँडे होस्
नेताजीको सान नै हुन्छ जे होस् ।

भट्मासे आएर खाए सिनित्तै
कोही फुत्के चिप्लिदै रे पिलित्तै
स्वाट्टै दारे हेर ! पारेर रित्तै
के बित्ता नाप्थे यिनीमा छ भित्तै ।

कम्निस्टे काङ्ग्रेस केके छ नाम
जोखूँ बढ्तै कामभन्दा छ दाम
कोही लागे लाम कोही त धाम
जे जे जस्तै होस् यिनैमा छ सान ।

आउन्नन् बेलाइते तीनपाने
ठर्रा नेपाली पिए तीनमाने
खाए माते स्वादिला मासु चोक्टा
मर्दा भारी लास लाग्दै छ बोक्ता

भाते रातेसाथमा सात भाइ
काले गोरे फेरि छन् आठ दाइ
देशै लुस्दै गर्न थाले रजाइँ
यस्तै छन् नेता तपाईं मपाईं

०००
सिन्धुपाल्चोक, हाल भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तक्मा

तक्मा

चन्द्रप्रसाद न्याैपाने
हलो

हलो

चन्द्रप्रसाद न्याैपाने
मान्छे उडाउने मान्छे

मान्छे उडाउने मान्छे

चन्द्रप्रसाद न्याैपाने
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल