साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तक्मा

सेतो सेतो छ देख्दा अति छ सरि सफा फेरि हल्का छ उस्तै छेक्ने कस्तै पहाडै पनि दमन अहो ! राजसत्ता दुरुस्तै भित्री संसार कालो उकुसमुकुस झन् दम्भ तेरो थिचाइ उड्छस् हावा चलेमा फुसुसु त कुहिरो व्यर्थ तेरो मिचाइ ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्यौपाने :

चल्छन् भूकम्प आफैँ हृदयतल फुटी घाउ बल्झाउँलाझैँ
मैमत्ता मत्त झन्झन् तुजुक अझ अहो ! सृष्टि हल्लाउँलाझैँ
ढल्ला-ढल्ला छ जस्तो तममय दुनियाँ भन्भनी लर्खराई
जल्ला जल्ला छ जस्तो बलमय तन यो मत्तमै भर्भराई

आकाङ्क्क्षाले चुमेका जति पनि दमका टाकुरा धस्किँदै छन्
ढल्केका छन् हिमाली शिखर पनि अहो ! दृश्यमा खस्किँदै छन्
के हो के हो कता के निशिमय छ जगत् रुष्ट साम्राज्य बोकी
को को हुन् के यतै पो, भनिकन- ‘म जितूँ’ लस्लसी लस्किँदै छन्

सेस्ता मेरा पुराना वरपर जति छन् सत्य प्राचीनताको
च्यात्चुत् पार्दै छरेका छरबर तिनले सभ्यता भिन्नता भो
जल्ले नास्यो बिगारी गतिपति अघिका राज्यको मान पायो
तक्मा पाई छ मक्खै अबुझ शठ बरो ! प्राज्ञको शान पायो

नातागोता र आफ्ना निकट यदि छ ऊ स्याल कुत्ता बँदेल
भालेपोथी दुवैको जय जय प्रतिभा । मोल तक्मा छ मेल
सत्ता तेरै छ चल्दो मनखुश छ अहो ! एकलौटी अँध्यारो
ढाके धुम्म बाक्लो वरिपरि कुहिरो छैन उस्तो उधारो

सेतो सेतो छ देख्दा अति छ सरि सफा फेरि हल्का छ उस्तै
छेक्ने कस्तै पहाडै पनि दमन अहो ! राजसत्ता दुरुस्तै
भित्री संसार कालो उकुसमुकुस झन् दम्भ तेरो थिचाइ
उड्छस् हावा चलेमा फुसुसु त कुहिरो व्यर्थ तेरो मिचाइ

सच्चा हो वा न झुट्टा रङ, कुरङ न के दूध पानीसँगै छन्
छानून के हाँस आई गरम गरमका पोखरीमा कतै छन्
सच्चा स्रष्टा कता को निशिमय छ जगत् भिर्न देख्दैन
तक्मा यस्तै हो देश मेरो गजब यति छ यो भ्रष्टले भिर्छ तक्मा ।

०००
मो.नं. ९८६०५५६४४५
बलेफी गापा-२, सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x