सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राष्ट्रिय विकास रमिता !

चिन्ता छाड्नोस्, रमिता हेरेर बाँच्ने गराएका छौँ । बेरोजगार छौँ भनेर झुटो नबोल्नुहोस्, रमिता हेरेर नाच्ने गराएका छौँ । हामी सबैको साझा, संसारभरकै राजा, राष्ट्रिय विकास रमिता ॥

Nepal Telecom ad

गायत्री परिराेशनी :

गज्जब, आहा हाम्रो विकासको मोडल
सबैको भन्दा उत्तम, सबैको भन्दा उत्कृष्ट ।
बोलिमा रमिता, काममा रमिता
विचारमा रमिता, सिद्धान्तमा रमिता ॥
कति गर्नु विकास ? कति हेर्नु विकास ?

कर्मचारीले मज्जाले भन्छन्,
विकास गरेका छौँ ।
नेतृत्वले भाषण ठोक्छन्,
कसैले गर्न नसक्ने विकास गरेका छौँ ।
हामी बेफुर्सदी नागरिकका त
झन् नकुरा गरौँ ।
चौबिसै घण्टा चर्चा विकासकै हुन्छ ।

सबैको एउटै शुत्र भएपछि
किन नमिल्नु विकास ?
हाम्रो विकास दामी छ ।
दाम भएपछि,
इज्जत, मान, सान, प्रतिष्ठा
सबै कुरो सित्तैमा किन्न मिल्छ ।
जानी जानी जघन्य अपराध गरि
देशकै अगुवा भएर हिड्न मिल्छ ।

विकास त क्या गरियो साथी हो
एक नम्बरी काम गर्ने झन्जट अँ -हँ गरिदैन ।
झ्याप्पै दुई नम्बरी कामबाट पैसा फलाइन्छ ॥
जनता बेचेर रेमिट्यान्स पनि ढिलो हुँदोरैछ
त्यसैले,
एकैपटक ट्वाइलेटभित्र सुन बोलाइन्छ ।
चोर बस्नलाई पक्की चौतारो निर्माण गरिन्छ,
अनि इमान्दार गधाहरुले कारागार भरिन्छ ।

विकास गर्नलाई दुई नम्बरी आइडिया चाहिन्छ ।
कामको सिन्को नभाँची गरिने विकास
दुई नम्बरी मानिसहरु नै एक नम्बरी हुने विकास
मुखबाट निस्कने मेशिनले सगरमाथा छुने विकास ।
वर्षादको पानीमा, अलिकति अलकत्रा मिसाएर
सडकपेटी मज्जासँग धुने विकास ।

हजुरहरुलाई थाहा हुनैपर्छ,
समृद्ध नेपाल सुखी नेपाली बन्नको लागि
मेची-महाकाली सबै ठाउँमा
रमिताको अभियान चलाएका छौँ ।
हरेकलाई खुशी हुनको लागि
रमिता हेरेर हाँस्ने गराएका छौँ ।
चुलो बाल्ने कुरो छैन ।
चिन्ता छाड्नोस्,
रमिता हेरेर बाँच्ने गराएका छौँ ।
बेरोजगार छौँ भनेर झुटो नबोल्नुहोस्,
रमिता हेरेर नाच्ने गराएका छौँ ।
हामी सबैको साझा,
संसारभरकै राजा,
राष्ट्रिय विकास रमिता ॥

०००
स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही