साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किनकी उनीहरू मान्छे होइनन् 

नजाने गाउँको बाटो सोधी हिँड्दैनन् बरू आफू रुन्छन् आफ्नो अन्न दातालाई रुवाउँदैनन् नियमको पालना गर्छन् आफूले नजाने पनि कुकुरले भनेको मान्छन् किनकी, उनीहरू मान्छे होइनन् ।

Nepal Telecom ad

नारायण भट्टराई :

कुकुरहरू
आज्ञाकारी हुन्छन्
दिएको खान्छन्
देखाएर खान्छन्
आजको लागी खान्छन्
आफ्नो लागी खान्छन्
अरु अगाए पछि उब्रिएको खान्छन्
छिमेकमा हड्डी खान पाइए पनि
बास बस्न आफ्नै घरमा आउँछन्
आफूले नुन खाएको
आफूले बास पाएको
घर प्रति सधैँ बफादार हुन्छन्
कसैको एक्लो पनाको साथी हुन्छन्
तर, बलात्कार गर्दैनन्
भुक्छन् अनि टोक्छन् पनि
तर टोकाउँदैनन्
कसैको दुखको कथा सुन्छन्
तर त्यसको फाइदा उठाउँदैनन्
मर्यादाको सिमा नागेर
कर्तव्य बाट भागेर
एउटाको पक्षमा लागेर
अरुको कुभलो गर्दैनन्
तालिम प्राप्त गरे पछि
आफ्नो सिमाको क्रमभङ्ग हुने
काम गरेर कहिलै
कलङ्कित हुँदैनन्
नजाने गाउँको बाटो सोधी हिँड्दैनन्
बरू आफू रुन्छन्
आफ्नो अन्न दातालाई रुवाउँदैनन्
नियमको पालना गर्छन्
आफूले नजाने पनि
कुकुरले भनेको मान्छन्
किनकी, उनीहरू मान्छे होइनन् ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x