साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रो म

चक्का जाम र बन्द छन् सडकमा आगो फुकूँ दन्दनी हानाहान चलोस् सदा सदनमा चर्चा चलोस् सन्सनी । भ्रष्टाचार अचार झैँ बनिरहोस् सम्पत्ति सर्वोपरि मौकामा पहिले गरूँ चकचकी राम्रो म बन्ने गरी ॥

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

आफ्नो खेत हराभरा रहरमा जागोस् नयाँ जाँगर
अर्काको नव जीवनी कहरमा बन्दै गरोस् जर्जर ।
आफ्नै मात्र भलो, हुनेछ कसरी भन्ने र सोच्ने गरूँ
अर्काको कुभलो गरेर दिनहुँ भारी भकारी भरूँ ॥

भासिन्छन् करले गरीब जनता, नेता उँभो सार्नुछ
आफ्नै पौरखमा विकास-मुरली फुक्ने उँधो झार्नुछ ।
नेपाली गरिमा गिरे पनि गिरोस् आफू बनूँ उत्तम
खुर्पाका बिँडमा जुहार जडिने बेला छ सर्वोत्तम ॥

छाप्रामा दुनिया बसून् विरहमा मेरा हवेली बनून्
कालो क्रान्ति र भ्रान्तिका चहकमा राम्रो मलाई भनून् ।
अत्याचार भयो भनेर जहिले सन्तोष मान्दै गरूँ
भ्रष्टाचार सबै यथास्थिति रहोस् भन्ने इरादा धरूँ ॥

नेपाली अनुहारमा गहकिलो विश्वास मार्दै गरूँ
नेपाली इतिहासको चहकिलो आकाश झार्दै गरूँ ।
नाताका जति छन् पुगून् शिखरमा दायाँ र बायाँ हुँदै
नेपाली बिपना बितोस् कहरमा बेहाल बन्दै रुँदै ॥

कोकोले कति तान्न सक्छ उति नै तानूँ म गोडा तल
कैल्ये झर्छ र खान मिल्दछ भनी झिक्ने गरूँ अक्कल ।
नेपाली-पनको जरो पनि खनी तानी रहूँ तन्तनी
चाम्रो चाल चली-चली सदनमा नारा उरालूँ पनि ॥

चक्का जाम र बन्द छन् सडकमा आगो फुकूँ दन्दनी
हानाहान चलोस् सदा सदनमा चर्चा चलोस् सन्सनी ।
भ्रष्टाचार अचार झैँ बनिरहोस् सम्पत्ति सर्वोपरि
मौकामा पहिले गरूँ चकचकी राम्रो म बन्ने गरी ॥

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
लेखबहादुर

लेखबहादुर

नन्दलाल आचार्य
चम्चाको चमत्कार

चम्चाको चमत्कार

डा. बमबहादुर जिताली
ऐ जिन्दगी ! खबरदार !

ऐ जिन्दगी ! खबरदार...

लक्ष्मण नेवटिया
चैतकाे बाँदर

चैतकाे बाँदर

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x