साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज छोप्ने कसो गरी ?

तुनालाई टाँकले खायो, जीपर आयो अघि सरी ब्यागभित्र डुबी थैली, चुल्ठो चैँ काटिई मरी । मर्‍यो पलान्चोके जुत्ता चाईंचाईं र चुइँ-चुइँ गरी नेपालीको पहिरन खै, लाज छोप्ने कसो गरी ?

Nepal Telecom ad

चट्याङ मास्टर :

बहुरूप शर्टको देखी, दौरा दौड्यो डराएर
भोटो चैँ भाग्यो भोटतर्फ, गन्जीदेखि लजाएर ।

प्यान्ट कस्ता सुराल खुस्क्यो, कन्ननी ठहरै भयो
ज्याकेटको चपेटामा, इस्टकोटको रहर गयो ।

क्यापले झ्याप हान्दामा, टोपी सब भुइँमा झरे
पेटीको पासोमा पर्दा, पटुका र ईंजार मरे ।

पेटीकोट ठूली भइछ, म्याक्सी बन्दै अघि सरी
गुन्यू खुस्क्यो, चोली फुस्क्यो, सप्को चैँ लाजले मरी ।

तुनालाई टाँकले खायो, जीपर आयो अघि सरी
ब्यागभित्र डुबी थैली, चुल्ठो चैँ काटिई मरी ।

मर्‍यो पलान्चोके जुत्ता चाईंचाईं र चुइँ-चुइँ गरी
नेपालीको पहिरन खै, लाज छोप्ने कसो गरी ?

०००
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x