साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (३०)

हामी साँच्चै अनौठा छौँ भन्ने बुझिन्छ हैनर ? यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर । फोहोरी बन्न खोजेको भन्ने आरोप लाउला सत्य नबोल मान्छे हो ज्यानले दु:ख पाउला ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

सर्नुसर्नु अझै सर्नू भन्ने आदेश आउँछ
ऐइया बा चेपिएँ भन्दा चेप्ने उल्टै रमाउँछ( ३६१)

यस्तो यात्रा हुँदाखेरी आनन्द हुन्छ हैन र ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३६२)

बाल वृद्ध उठाएर युवाहरू बसाउने
रोगी अशक्त जोजो छन् तिनैले दु:खपाउने (३६३)

ठूलो धर्म यसो गर्दा हुन्छ पक्कै हुँदैन र ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३६४)

यहाँ स्वच्छ नदीनाला बग्छन् फोहोर पार्नुछ
मैलोधैलो सकेसम्म नदीभित्रै थुपार्नुछ(३६५)

नदी पवित्र बन्नेछन् यसै गरेर हैन र ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३६६)

फोहोरी काम गर्दा नै मनग्ये दाम आउँछ
हामीलाई सडेकै होस् असाध्य मग्मगाउँछ(३६७)

यही नेपालबासीको नमूना काम हैनर
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३६८)

त्यसैकारणले चर्पी बाटोको छेउछाउमा
हामी बनाउने गर्छौँ सार्वजनिक ठाउँमा (३६९)

विचार गर्नुहोस् हाम्रो काम उत्तम छैन र ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३७०)

हाम्रो बिष्ट्याउने बानी साह्रै अचम्मको भयो
पटक्कै लाज लाग्दैन आठौं आश्चर्यनै छ यो (३७१)

लाज नलाग्नुनै हाम्रो चिनारी ठिक छैन र
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३७२)

मैला विचार पालेर ओहोदा उच्च पाउने
नेपाली छैन पक्कै हो शक्ति केन्द्र नधाँउने (३७३)

हामी साँच्चै अनौठा छौँ भन्ने बुझिन्छ हैनर ?
यसो गर्‍यो भनेमात्र बन्छ नेपाल सुन्दर (३७४)

फोहोरी बन्न खोजेको भन्ने आरोप लाउला
सत्य नबोल मान्छे हो ज्यानले दु:ख पाउला (३७५)
क्रमशः

००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ

देख्छस् डिल्ली तँ

डिल्लीप्रसाद मूलतिहुन
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x