सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बेकारको कार

कोही भन्छन्- ड्राइभर फेरे हुन्छ कि त कतै किन हुन्थ्यो ? भ्वाँङ मात्र भए जताततै । गुरूजी र मोटरको हुन्छ साँठगाँठ दुवैलाई फेरेपछि मिल्छ छाँटकाँट ।

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

कमिसन खाँदै आयो विदेशको कार
स्वदेशमा नबनेको बेकारको कार ।
पूर्व जाला भन्दाखेरि पश्चिमतिर जान्छ
उत्तर जाला भन्यो फेरि दक्षिणतिर तान्छ ।

मुलुकले भित्र्याएको अष्टावक्री कार
डिजेलमा नचलेर खान्छ परिकार ।
चालक झन् खाँदाखाँदै बङ्गुर झैँ भयो
मोटरको गति झनै पछाडि पो ! गयो ।

जति ड्राइभर फेरे पनि बाङ्गोटिङ्गो जान्छ
कार जल्ले हाँके पनि साङ्गोपाङ्गो खान्छ ।
हन्तकाले कार सधैँ बेकारमा गुड्छ
लुँड्याएर खान्छ जल्ले त्यसकै भुँडी फुट्छ ।

भुँडी फुट्नुभन्दा पैले कार फेर्नुपर्छ
जनताले खटाएको काम टेर्नुपर्छ ।
आफ्नै सीप, जाँगरमा बनाउनुपर्छ
जनताको चाहनामा चलाउनुपर्छ ।

कोही भन्छन्- ड्राइभर फेरे हुन्छ कि त कतै
किन हुन्थ्यो ? भ्वाँङ मात्र भए जताततै ।
गुरूजी र मोटरको हुन्छ साँठगाँठ
दुवैलाई फेरेपछि मिल्छ छाँटकाँट ।

खान मात्रै जानेको कार
फाल्नुपर्छ के पाल्नु बेकार ।

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हनुमान गाथा

हनुमान गाथा

डा. बमबहादुर जिताली
चर्चित हुने काइदा

चर्चित हुने काइदा

डा. बमबहादुर जिताली
चितुवा पालेर

चितुवा पालेर

डा. बमबहादुर जिताली
पद, पैसा र पावरको कमाल

पद, पैसा र पावरको...

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
रत्यौली

रत्यौली

डा. बमबहादुर जिताली
आमा र दु:ख

आमा र दु:ख

ठाकुर बेलबासे
हास्यव्यङ्ग्य कसरी लेख्ने ?

हास्यव्यङ्ग्य कसरी लेख्ने ?

उत्तमकृष्ण मजगैयाँ
जनताको भागमा तिरैतिर

जनताको भागमा तिरैतिर

सुभाषचन्द्र देवकाेटा
उल्टो बगेकी किन ?

उल्टो बगेकी किन ?

जगदीश्वर पाेखरेल
चुरा लगाऊ कविजी

चुरा लगाऊ कविजी

रमेश खकुरेल
हनुमान गाथा

हनुमान गाथा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x