साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकारको कार

कोही भन्छन्- ड्राइभर फेरे हुन्छ कि त कतै किन हुन्थ्यो ? भ्वाँङ मात्र भए जताततै । गुरूजी र मोटरको हुन्छ साँठगाँठ दुवैलाई फेरेपछि मिल्छ छाँटकाँट ।

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

कमिसन खाँदै आयो विदेशको कार
स्वदेशमा नबनेको बेकारको कार ।
पूर्व जाला भन्दाखेरि पश्चिमतिर जान्छ
उत्तर जाला भन्यो फेरि दक्षिणतिर तान्छ ।

मुलुकले भित्र्याएको अष्टावक्री कार
डिजेलमा नचलेर खान्छ परिकार ।
चालक झन् खाँदाखाँदै बङ्गुर झैँ भयो
मोटरको गति झनै पछाडि पो ! गयो ।

जति ड्राइभर फेरे पनि बाङ्गोटिङ्गो जान्छ
कार जल्ले हाँके पनि साङ्गोपाङ्गो खान्छ ।
हन्तकाले कार सधैँ बेकारमा गुड्छ
लुँड्याएर खान्छ जल्ले त्यसकै भुँडी फुट्छ ।

भुँडी फुट्नुभन्दा पैले कार फेर्नुपर्छ
जनताले खटाएको काम टेर्नुपर्छ ।
आफ्नै सीप, जाँगरमा बनाउनुपर्छ
जनताको चाहनामा चलाउनुपर्छ ।

कोही भन्छन्- ड्राइभर फेरे हुन्छ कि त कतै
किन हुन्थ्यो ? भ्वाँङ मात्र भए जताततै ।
गुरूजी र मोटरको हुन्छ साँठगाँठ
दुवैलाई फेरेपछि मिल्छ छाँटकाँट ।

खान मात्रै जानेको कार
फाल्नुपर्छ के पाल्नु बेकार ।

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x