साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अटेरी नेपाली दिमाग

नेपाली सुन्ने कानलाई इयर पडले टालेको लामा लुगा फालेर तिघ्रा देखाउन थालेको छिट्टो अमेरिकन हुन कालो कुकुर नी पालेको कुकुरको आची टिपेर गोजीमा नि हालेको ।

Nepal Telecom ad

नारायण भट्टराई :

थाहा छैन यो डुलुवा दिमागले कहिले भन्या मान्छ
आफू छु अमेरिका ऊ चाहिँ सधैँ नेपालतिरै जान्छ
कहिले कान्तिपुरका तिता समाचारमा अल्झिएर जान्छ
सम्झनाका खाटो बसेका घाउहरुमा बल्झिएर जान्छ
सपनामा भूपू प्रेमिकाका अँगालोमा बेरिएर जान्छ
डलर मारा सिकारीका जालमा जेलिएर जान्छ ।

थाहा छैन यो डुलुवा दिमागले कहिले भन्या मान्छ
आफू छु अमेरिका उ चाहिँ सधैँ नेपालतिरै जान्छ
जतिनै स्यान्डविच खाए पनि, अमेरिकन मित बनाए पनि
ऊ चाहिँ सधैँ आफूलाई गोर्खाली नेपाली नै ठान्छ
जत्ति पिज्जा खाए पनि मन भने भाततिरै जान्छ
आफू जाँदै छु नाइट क्लब दिमागले भने दोहोरीतिरै लान्छ ।

अमेरिकी माटो नटेकी कन हो अमेरिकन हुन् थालेको
नेपाली खानाले बनाएको बिकार हवाईजहाजमै फालेको
आमाले पोको पारिदिएको गुन्द्रुक सिन्की एयरपोर्ट कै डस्टबिनमा हालेको
अध्यागमनबाट निस्कँदा निस्कँदै नेपाली बोल्ने जिब्रो थुतेर फालेको
थाहा छैन यो डुलुवा दिमागले कहिले भन्या मान्छ
आफू छु अमेरिका ऊ चाहिँ सधैँ नेपालतिरै जान्छ ।

आएको भोलि पल्टै केटाकेटीलाई अमेरिकन स्कुलमा हालेको
नेपाल हेर्ने बानी परेका आँखालाई रेवन चस्माले टालेको
नेपाली सुन्ने कानलाई इयर पडले टालेको
लामा लुगा फालेर तिघ्रा देखाउन थालेको
छिट्टो अमेरिकन हुन कालो कुकुर नी पालेको
कुकुरको आची टिपेर गोजीमा नि हालेको ।

अमेरिकन हुन कपालमा सेतो रङ्ग नि हालेको
अझै धेरै अमेरिकन हुन कुम सम्म कपाल नि पालेको
भैंसीले लात्ती हानेर निधारमा बनेको घाउ ट्याटुले टालेको
लाल सलाम लाई हगमा साटेर टोपी जनै नि फालेको
नुनको सोझो गर्न भनेर वाईडेनलाई भोट नि हालेको
महादेव र बिष्णुलाई बालै नदिई चर्च धाउन थालेको

जति गर्दा पनि यो गोर्खे दिमाग मैले भन्या मान्दैन
जसको नुन खान्छ ऊ उसैको हुन जान्दैन ।

०००
इलाम, हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x