साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशा हो कि दशैँ ?

कुखुराले पनि भन्छ तन्काएर घाँटी बजारमा किन्न जाँदा केही छैन खाँटी । नौ दुर्गाको मन्दिरमा गए ठूला टाउका पसलमा आउने भए शुद्ध मासु माउका ।

Nepal Telecom ad

डा. बमबहादुर ‘जिताली’:

कसैलाई दशैं आयो, कसैलाई दशा
कोरोनाको कहरले सुके सबै नसा ।
पैसा भए चामल छैन, चामल भए मासु
गाईजात्रे दशैं बन्यो मिली हाँसो आँसु ।

कसैको छ हातभरि भण्डारको साँचो
कसैको छ दुई छाक खान पनि खाँचो ।
छोराछोरी रुदै भन्छन् मेरो नाना खोई ?
यौटा सारी पनि छैन भन्छे फेरि जोई।

हामीहरू खसी पर्याैं महंगीले गर्दा
भत्ता खाने बोका भए हामी खसी पर्दा ।
रांगाहरू उफ्रिएर बल्ल खाइस् भन्छन्
भेडाहरू रमाएर भेडै भएस् भन्छन् ।

कुखुराले पनि भन्छ तन्काएर घाँटी
बजारमा किन्न जाँदा केही छैन खाँटी ।
नौ दुर्गाको मन्दिरमा गए ठूला टाउका
पसलमा आउने भए शुद्ध मासु माउका ।

टीका थाप्न जाऊँ भने कोरोनाको डर
कहरमा कुम्ल्याउने भए अजिङ्गर ।
घुस खाने खुशी भए हाँसे खाई मीठो
रित्तो खल्ती भारी भयो नपाएर पिठो ।

कसैलाई दशैंको दशा कसैलाई सधैंको तमासा ॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x