साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरिएकाे दशैँकाे टीका

अब हामीहरू परदेश पुगेर टीका लगाइदिने चटाराेमा छाैं । जमानाले बाउ आमाका मान्यजन छाेराछाेरी भए । मान्यजनलाई टीकाे लगाइदिन परदेश नै पुग्नुपर्ने भयाे ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

त्रिभुवन विमानस्थल काठमाडौंमा बाल्यकालीन साथी प्याकुरेललाई देखेपछि गजुरेलले बाेलाउँदै भनें – “हैन हाे प्याकुरेलजी कताकाे साइत हाे ?”

प्याकुरेलले जवाफ फर्काए – “कता हुनु नि गजुरेलजी क्यानडातिर । छाेराबुहारीलाई दशैंकाे टीका लगाइदिन । अनि तपाईं नि ?”

गजुरेलले लामाे सास काढ्दै भने ,” कथा एउटै हाे हजुर ! म पनि अष्ट्रेलिया जान लागेकाे दशैंका लागि । छाेराछाेरी सबै उतै छन् । हजुर नआए हाम्राे निधार खाली हुने भाे भनेर साह्रै कर गरे । मनले मानेन । उँधाे मायाले पगाल्याे ।”

प्याकुरेलले उसैगरी निराशा सुसेल्दै भने , “गजुरेलजी ! दशैंमा मान्यजनकाे हातबाट टीका लगाई आशीर्वाद लिन गाउँगाउँ जान्थ्याैँ हामी । हेर्दाहेर्दै जमाना कस्ता आए ? बुढापाकाहरू सन्तान खाेज्दै टीका लगाइदिन हिँड्नु परेकाे छ । त्याे पनि विदेशतिर ! ”

गजुरेलले ठट्यौली पारामा प्रतिक्रिया दिए , “के गर्नु प्याकुरेलजी ! माउभन्दा चल्ला जान्ने खुकुरीभन्दा कर्द लाग्ने भनेकाे यहीँ हाे । हामीले कहिल्यै गाउँ छाडेनाैँ । सन्तानले देशै छाडे । उनीहरू कमाउने भए । हामी आश गर्ने भयाैं । आशेले के गर्ने ? उनीहरूले जे भन्याे त्याे मान्न कर लाग्याे । मान्यजन उनीहरू भए । मान्यजनकहाँ त जानै पर्याे नि हाेइन र ?”

प्याकुरेलले जवाफ फर्काए , “त्यस्तै त भन्नु पर्याे । पहिले परदेशीहरू बाउ आमाकाे हातकाे टीका लगाउन दशैंमा घर आइपुग्दथे । अब हामीहरू परदेश पुगेर टीका लगाइदिने चटाराेमा छाैं । जमानाले बाउ आमाका मान्यजन छाेराछाेरी भए । मान्यजनलाई टीकाे लगाइदिन परदेश नै पुग्नुपर्ने भयाे ।”

०००
२०८१ आश्विन २५
अष्टमी उप्रान्त नवमी तिथि
रेसुङ्गा न पा २ गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x