रामप्रसाद पन्थीफेरिएकाे दशैँकाे टीका
अब हामीहरू परदेश पुगेर टीका लगाइदिने चटाराेमा छाैं । जमानाले बाउ आमाका मान्यजन छाेराछाेरी भए । मान्यजनलाई टीकाे लगाइदिन परदेश नै पुग्नुपर्ने भयाे ।

रामप्रसाद पन्थी :
त्रिभुवन विमानस्थल काठमाडौंमा बाल्यकालीन साथी प्याकुरेललाई देखेपछि गजुरेलले बाेलाउँदै भनें – “हैन हाे प्याकुरेलजी कताकाे साइत हाे ?”
प्याकुरेलले जवाफ फर्काए – “कता हुनु नि गजुरेलजी क्यानडातिर । छाेराबुहारीलाई दशैंकाे टीका लगाइदिन । अनि तपाईं नि ?”
गजुरेलले लामाे सास काढ्दै भने ,” कथा एउटै हाे हजुर ! म पनि अष्ट्रेलिया जान लागेकाे दशैंका लागि । छाेराछाेरी सबै उतै छन् । हजुर नआए हाम्राे निधार खाली हुने भाे भनेर साह्रै कर गरे । मनले मानेन । उँधाे मायाले पगाल्याे ।”
प्याकुरेलले उसैगरी निराशा सुसेल्दै भने , “गजुरेलजी ! दशैंमा मान्यजनकाे हातबाट टीका लगाई आशीर्वाद लिन गाउँगाउँ जान्थ्याैँ हामी । हेर्दाहेर्दै जमाना कस्ता आए ? बुढापाकाहरू सन्तान खाेज्दै टीका लगाइदिन हिँड्नु परेकाे छ । त्याे पनि विदेशतिर ! ”
गजुरेलले ठट्यौली पारामा प्रतिक्रिया दिए , “के गर्नु प्याकुरेलजी ! माउभन्दा चल्ला जान्ने खुकुरीभन्दा कर्द लाग्ने भनेकाे यहीँ हाे । हामीले कहिल्यै गाउँ छाडेनाैँ । सन्तानले देशै छाडे । उनीहरू कमाउने भए । हामी आश गर्ने भयाैं । आशेले के गर्ने ? उनीहरूले जे भन्याे त्याे मान्न कर लाग्याे । मान्यजन उनीहरू भए । मान्यजनकहाँ त जानै पर्याे नि हाेइन र ?”
प्याकुरेलले जवाफ फर्काए , “त्यस्तै त भन्नु पर्याे । पहिले परदेशीहरू बाउ आमाकाे हातकाे टीका लगाउन दशैंमा घर आइपुग्दथे । अब हामीहरू परदेश पुगेर टीका लगाइदिने चटाराेमा छाैं । जमानाले बाउ आमाका मान्यजन छाेराछाेरी भए । मान्यजनलाई टीकाे लगाइदिन परदेश नै पुग्नुपर्ने भयाे ।”
०००
२०८१ आश्विन २५
अष्टमी उप्रान्त नवमी तिथि
रेसुङ्गा न पा २ गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































