साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (३६)

मेरा तान्छु उँभो लान्छु तिम्रा तलै बसाउँछु मोटा पार्छु सबै मेरा तिम्रालाई फसाउँछु । तिम्रा मोटाउँदाखेरी ईर्ष्या लागेर आउँछ पासो थापौँ कता भन्नेमात्रै बुद्धि पलाउँछ ।

Nepal Telecom ad

डिल्लीप्रसाद मूलतिहुन :

नारीलाई म भन्दैछु तिमी हामी बराबरी
केटा रोज्न तिमी थाल नीति तोड यसैगरी (४५१)

मलाई भोट चाहिन्छ म विभेद हटाउँछु
पीडा जान्दिनँ केहो त्यो तथापि गीत गाउँछु (४५२)

पुरानो नीतिमा नारी म राख्दिनँ हटाउँछु
खाएको गाँस खोसेर झनै कष्ट कटाउँछु (४५३)

पुराना कुप्रथा फाल्ने भन्दै चर्को कराउँछु
कता फाल्ने र के फाल्ने आफैंउल्टो हराउँछु (४५४)

म सधैं महिला मुक्ति भनेर गीत गाउँछु
घोषणा पत्रमा चाहिँ जेसुकै म अटाउँछु (४५५)

छोड नारी चुलोचौको मञ्चमा म कराउँछु
म आफ्ना घरमा चाहिँ ठ्याक्कै उल्टो गराउँछु (४५६)

म हुन्छु महिला वादी कुनै बेला भयङ्कर
म जस्तो गतिलो नेता यो देशमा कुनै छ र ? (४५७)

सुख्खा पार्छु सुकुम्बासी हुनेखाने जगाउन
ताजा पार्छु समस्या म समाधान भगाउन (४५८)

नीतिनै ढटुवा रोजेँ वादमानै विवाद भो
गोलमाल लिँए नीति कुरा यहाँ छ स्वादको (४५९)

आफूलाई म आफैले यसोगरी चिनाउँछु
मैलो देखे खुसी हुन्छु सफा देखे घिनाउँछु (४६०)

निश्पक्ष काममा लाग्नु महापाप म ठान्दछु
तिम्रालाई घचेटेर मेरा छान्न म जान्दछु (४६१)

तिम्रा मान्छेहरूलाई टाढाटाढा हटाउँछु
मेरा मान्छेहरू चाहिँ भर्ती गर्न पठाउँछु (४६२)

अचानक परे तिम्रा अप्ठ्यारो काम लाउँछु
तिम्राले वासना लिन्छन् मेरालाई चटाउँछु (४६३)

मेरा तान्छु उँभो लान्छु तिम्रा तलै बसाउँछु
मोटा पार्छु सबै मेरा तिम्रालाई फसाउँछु (४६४)

तिम्रा मोटाउँदाखेरी ईर्ष्या लागेर आउँछ
पासो थापौँ कता भन्नेमात्रै बुद्धि पलाउँछ (४६५)

क्रमशः
०००
चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x