साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको गति

जागे राहु र केतुझै कहरिला, सौभाग्य सिध्याउन लागे पक्ष-विपक्षमा रहरिला सौन्दर्य हत्याउन हाम्रो देश, प्रदेश पो हुन गयो कल्ले पुर्‍यायो पर ? गोठाला हकदार भै मुलुक यो पार्ने भए जर्जर ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

सातै क्षेत्र भए निकास-मतमा झर्दै गयो निर्झर
पाँचै क्षेत्र थिए विकास-पथमा मानौँ थियो उर्वर
जाँतो देश बन्यो विखण्ड मतिमा हातो विदेशी भयो
अर्काको मतिमा पिसेर सतुवा खाने स्वदेशी भयो ।

बाजेको वनमा पसेर घिचुवा साँढे अघाए कति ?
खानैका मतिमा मिलेर चितुवा गर्ने भए उन्नति ।
माल्दाम्लो छ विदेशका पहुँचमा नेता घुमे फन्फनी
दुम्सीका चलखेलका रहरमा सक्ने भए उब्जनी ।

बारेको वनबारको लहरमा छाडा भए बाँदर
पुर्खाको घरबार झन् उधिनियो खाँदै गए फापर
नेपाली जन पारिए विपतमा कोही विदेशै पसे
यौटा सुन्दर शान्तिको गजुरमा आई विदेशी बसे ।

जागे राहु र केतुझै कहरिला, सौभाग्य सिध्याउन
लागे पक्ष-विपक्षमा रहरिला सौन्दर्य हत्याउन
हाम्रो देश, प्रदेश पो हुन गयो कल्ले पुर्‍यायो पर ?
गोठाला हकदार भै मुलुक यो पार्ने भए जर्जर ।

काण्डै-काण्ड, प्रकाण्डका परिधिमा सत्ता चलाए पनि
क्रिस्तानी परिपञ्चका चलनमा केके पिए तन्तनी ।
सत्तापक्ष-विपक्ष छन् शिविरमा उद्देश्य यौटै हुने
नेताको गति देखियो मुलुक नै खाएर सिध्याउने ।

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x