साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भान्जो छ नेतासरि

घन्का अक्षर-बाँसुरी तिरिरिरी बन् भारती झङ्कृत नेता नेतृ सुधार्न मुस्किल भयो भान्जो सुधारूँ कि त मामा मच्छरको बनेँ म जहिल्यै मान्छौ भने दौँतरी जे जे गर्नु हुँदैन गर्दछ उही भान्जो छ नेतासरि ।

Nepal Telecom ad

हिरा भट्ट :

पानीभित्र डुबेर मर्दछ भनी माछा झिक्यो बाहिर
कीरा खान्छ चरा म बन्दछु भनी उफ्रन्छ झाडीतिर
बारी खन्छ उमार्छु भन्छ धनियाँ गेडा मकैका छरी
जे जे गर्नु हुँदैन गर्दछ उही भान्जो छ नेतासरि
|१|

आगो बाल्छु भनी कुदेर हिउँका डल्ला छ सल्काउँदो
बिग्रेको अनुहार फेर्दछु भनी ऐना छ टल्काउँदो
बैसाखी दिउँला भनेर कतिका भाँच्दैछ खुट्टा हरि
जे जे गर्नु हुँदैन गर्दछ उही भान्जो छ नेतासरि
|२|

आफ्नाका हितका तमाम मुख छन् संवादमा वञ्चित
मात्रै सुन्छ कुरा अमित्र मुखका जो छन् छिमेकीसित
तोरी पेल्छु निकाल्छु भन्दछ खुदो जम्मा गरी बाबरी
जे जे गर्नु हुँदैन गर्दछ उही भान्जो छ नेतासरि
|३|

जे जे बोल्नु हुँदैन बोल्दछ उही सम्पूर्ण जान्ने बनी
जे जे खोल्नु हुँदैन खोल्दछ उही मान्दै नमान्ने भनी
जे जे भर्नु हुँदैन भर्दछ उही गोजी भकारीभरि
जे जे गर्नु हुँदैन गर्दछ उही भान्जो छ नेतासरि
|४|

घन्का अक्षर-बाँसुरी तिरिरिरी बन् भारती झङ्कृत
नेता नेतृ सुधार्न मुस्किल भयो भान्जो सुधारूँ कि त
मामा मच्छरको बनेँ म जहिल्यै मान्छौ भने दौँतरी
जे जे गर्नु हुँदैन गर्दछ उही भान्जो छ नेतासरि ।
|५|

०००
बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x