साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छात्रा र चिप्लेटो अधिकार

अन्ततः, पारु भन्छिन्, “यदि समाजले हामीलाई हेप्छ भने, हामीले आफ्नो अस्त्र उपयोग गरेर आफ्नो अधिकारका लागि लड्नुपर्छ । हाँसोले पनि क्रान्ति ल्याउन सक्छ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

(सन्दर्भ- महिला हिंसा अन्त्य दिवस)

भैंसेपुर गाउँको विद्यालयमा पढाइभन्दा झगडा र गफले बढी महत्त्व पाउँथ्यो । विद्यालयको ठूलो घण्टी झुन्ड्याउने एउटा डोरी थियो । त्यसले कहिले विद्यार्थीलाई कक्षामा बोलाउँथ्यो, त कहिले खेलकुद मैदानमा । त्यही विद्यालयकी एक होनहार छात्रा थिइन्- पारु ।

पारु असल विद्यार्थी थिइन् तर उनको एक समस्या थियो- उनलाई विद्यालयका केटाहरू सधैं सताउँथे। उनको स्कूल झोलामा कहिले कागजको गोलो फाल्ने, कहिले बाटोमा पछाडि लागेर आवाज निकाल्ने- यस्ता हर्कत दिनहुँजस्तो चलिरहन्थ्यो । शिक्षकहरूसमेत यो विषयमा गम्भीर देखिँदैनथे । उल्टो, शिक्षक भन्थे, “केटाहरू मातिए भने केटीले आतिनुहुन्न । बरू चूपचाप लाग्नुपर्छ ।”

तर, पारु जस्तो बोल्न सक्ने केटी चुप लाग्नेवाली थिइनन् । एक दिन उनी मुनामदनको कक्षा चलिरहेको बेला उभिइन् र शिक्षकसँगै विद्यालयको व्यवस्थापनलाई चुनौती दिइन् । “मुनामदनको ‘नारी जातिका दु:ख’ जति हामीलाई रटाएर लेख्न लगाउनुभन्दा, हाम्रो विद्यालयमै भएका दु:खमाथि बोल्ने आँट किन छैन, गुरुजी ?”

यो सुनेर गुरुजी हाँसे । “छोरी हो, कुरा गर्ने उमेर तिमीहरूको हैन । हाम्ले त आफ्नो ठाँउमा लागेर पढ्न मात्र सिकाउनु पर्छ ।”

हास्यव्यंग्य भए पनि पारुले यो कुरा मनमा राखेर तत्कालै केही नगर्ने निर्णय गरिन्। किनकि आज उनले ठूलो योजना बुनेकी थिइन् ।

भोलिपल्ट पारु विद्यालय आइन्, तर उनको साथमा एउटा भारी झोला थियो । साथीहरूलाई उनको झोलाको वजन हेर्दै उत्सुकता भयो । उनले हँसिलो मुहारसाथ भनिन्, “यो त मेरो नयाँ योजनाको अचूक अस्त्र हो ।”

पहिलो घण्टीपछि, जब केटाहरूले पारुलाई बाटो छेकेर उस्तै व्यंग्य गर्न थाले, उनले त्यही भारी झोला खोलेर एउटा ठूला चिप्लेटा साबुनका पोकाहरू झिकिन् । उनी मुस्कुराउँदै केटाहरूलाई भनिन्, “यो लिउ, आत्म-सुधारका लागि ।”

केटाहरू छक्क परे । “साबुन ? के हामीलाई नुहाउनु भन्न खोजेको ?”

पारुले जवाफ दिइन्, “तिमीहरूलाई आत्मा सफा गर्न मद्दत गर्न खोजेकी हुँ । बाहिरी सफाइले भित्री सफाइको सुरुवात गर्छ।”

यो सुनेर वरिपरि रहेका विद्यार्थी हाँसे। तर केटाहरू रिसले रातो भए। उनीहरू जङ्गली कुखुरा जस्तै आक्रोशित देखिए।

“यो पारु भन्ने त धूर्त पो रहिछे,” मुखियाको छोरो टुल्केले भन्यो। “अब हामी यसलाई केटाहरूबाट डराउने बनाउँछौं ।”

तर पारु पनि सजिलोको केटी थिइनन् । उनी पहिले नै तयार थिइन् ।

पारुले प्रधानाध्यापककहाँ गएर यो विषयलाई लिएर औपचारिक उजुरी गरिन् । “सर, यदि तपाईं हामीलाई केवल अनुशासन सिकाउनुहुन्छ भने, केटाहरूलाई पनि कसरी राम्रो नागरिक बन्ने भनेर सिकाउनु जरुरी छैन र ?”

प्रधानाध्यापकले गम्भीर मुहार बनाउँदै पारुको कुरा सुने। तर उनी पनि जान्दथे कि समस्या गहिरो थियो। यसैले उनले सल्लाह गरे, “यो विषयमा एउटा सार्वजनिक बहस गरौं। हाम्रा विद्यार्थीहरूले नै सही र गलत छुट्ट्याउन् ।”

त्यसपछि विद्यालयमा पहिलोपटक “न्याय बहस” राखियो। पारुको प्रतिद्वन्द्वी पक्षमा टुल्के थिए, जसलाई “स्कूलको रामभरोसे नेता” भनिन्थ्यो ।

त्यो दिन विद्यालयको सभा हल खचाखच भरिएको थियो। पारुले आफ्नो कुरो सुरु गरिन्, “महिला र पुरुष समान हुन् भनेर कति गीत गाइन्छ, कति पाठ पढाइन्छ । तर वास्तविकता के हो? मलाई यस विद्यालयमा केवल केटी भएर किन दुर्व्यवहार सहनुपर्छ ? के यो शिक्षाको मर्म हो ?”

टुल्केले मुस्कुराउँदै जवाफ दिए, “केटीहरू भावुक हुन्छन् । हामीले त केवल रमाइलो गरेका हौँ । त्यसमा किन गम्भीर हुनु ?”

पारुले तुरुन्तै भनिन्, “रमाइलो त त्यो हुन्छ जसमा दुबै पक्षले आनन्द लिन्छन् । यदि म रमाइरहेको छैन भने त्यो रमाइलो छैन, त्यो अपमान हो ।”

सभामा तालिहरू बज्न थाले। शिक्षकहरू पनि टुल्केलाई सोच्दै हेरिरहेका थिए ।

त्यस बहसपछि विद्यालयले एउटा नयाँ नियम लागू गर्‍यो – “शिक्षा र समानता, सम्मानको आधार।” केटाहरूले पनि हरेक हप्ता सामूहिक रूपमा जिम्मेवारी बाँड्नुपर्ने भयो । पारुले एक्लै उठाएको आवाजले परिवर्तनको सुरुवात गर्‍यो ।

पारुले आफूले भोगेको समस्याको समाधानमा केवल आवाज उठाइन् मात्र होइन, हास्यव्यंग्यको माध्यमबाट प्रभावकारी सन्देश दिइन् । त्यो दिनदेखि, विद्यालयमा “चिप्लेटो अधिकार” चर्चाको विषय बन्यो ।

अन्ततः, पारु भन्छिन्, “यदि समाजले हामीलाई हेप्छ भने, हामीले आफ्नो अस्त्र उपयोग गरेर आफ्नो अधिकारका लागि लड्नुपर्छ । हाँसोले पनि क्रान्ति ल्याउन सक्छ।”

०००
२०८१ मङ्सिर १० गते ।
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।
मोबाइल 9842829206
nandalalacharya@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
बाजी

बाजी

नन्दलाल आचार्य
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x