साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेन्सन नो टेन्सन

मेरै चिन्तामा डुबेर धेरै दिनलाई होइन मात्र केही दिनलाई हो दुख नमान म फेरि आइहाल्छु भन्दै आश्वासनले भरिएका हात हल्लाउँदै हुन्छिन् ।

Nepal Telecom ad

हरि कोर्काली :

उनी आउँछिन्
मुसुक्क मुस्कुराउँछिन्
सुटुक्क दराजमा पसेर
मखमली आसनमा
टुसुक्क बस्छिन् ।

लाग्छ,
उनी यसरी नै आइरहुन्
आँखामा आँखा मिलाएर
मुस्कुराइरहुन्
र, मखमली आसनमै
स्थिर भएर बसिरहुन् ।

तर, के गर्नु ?
साह्रै चनमती छन्,
बिहान भैसक्न पाएकै हुन्न
पसल पसल चहारेर
चामलको धोक्रै समाउँछिन्
घिउतेलका पोकै उठाउँछिन्
ग्याँसको सिलिण्डर मगाउँछिन्
गाईगोठमा पुगेर खातामा टिक मार्क लगाउँछिन्
मोबायलको खित्रिक्क हुँदै
बिद्युत प्राधिकरणको खातामा पुग्छिन्
दूरसञ्चारको पातामा छिर्छिन्
हजामको कैंची बजाउन पुग्छिन्
दाल, चिनी र चियापत्तिलाई
भान्सामा हाँजिर गराउँछिन्
स्कुलको फि बनेर दौडिन्छिन्
बाथरुम र ड्रेसिङ् टेबलका
मागफरामहरू स्वीकृत गर्छिन्

अड्डा अड्डाको सुशासनमा
दस्तुरी माथिको कस्तुरी बन्न पनि
आफै पुग्छिन्
डाक्टर चाहिए आफै कुद्छिन्
नम्तिो मान्न पनि आफै पुग्छिन्
मठमन्दिर आफै ढाक्छिन्
घरमा मेलम्ची आफै डाक्छिन्
कर, कुटुम्ब र समाज पनि आफै हाँक्छिन् ।

तर के गर्नु !
साह्रै खिनौटी छन्
कुद्दाकुद्दै खिएर बिचरी
मुखमा चक्लेट झैं बिलाउँछिन्
र, बिलाउँदा बिलाउँदै पनि
मेरै चिन्तामा डुबेर
धेरै दिनलाई होइन
मात्र केही दिनलाई हो
दुख नमान
म फेरि आइहाल्छु भन्दै
आश्वासनले भरिएका हात हल्लाउँदै हुन्छिन् ।

भन्नेले त्यसै भनेको होइन रहेछ
पेन्सन नो टेन्सन भनेर ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
सपना र सरकार

सपना र सरकार

हरि कोर्काली
अक्कली

अक्कली

हरि कोर्काली
नामर्दको जागिर

नामर्दको जागिर

हरि कोर्काली
अब पनि बा नै आउनुहुनेछ

अब पनि बा नै...

हरि कोर्काली
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x