साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असफल दाम्पत्ते जीवन

कस्तो निष्क्रिय, कस्तो द्वन्द्वहीन, गतिहीन र प्राणहीन दाम्पत्य जीवन बितेछ गाँठे हो मेरो ! थोरै हो, तीसतीस वर्ष यस्तो नीरस, खल्लो र यथास्थितिवादी दाम्पत्य जीवन भोगेछु मैले !

Nepal Telecom ad

लक्ष्मण गाम्नागे :

थुक्क पातकी बूढा । म हँदाहँदै त्यो नखरमाउलीलाई च्यापेर हिँड्न लाज लागेन ?’ भनेर मेरो नैतिक चरित्रमाथि आक्षेप लगाउने मौका बिचरी मेरी श्रीमतीले कहिल्यै पाइनन् ।

मुख छाड्छेस् लबस्तरी ? हाव्रोसाव्रो च्यातिदिउँला अनि थाहा पाउँछेस् । दिनभरि कुकुर्नीजस्तो लखरलखर, लखरलखर गाउँ चाहर्छे । त्यो फलानो भुसतिघ्रे म नभएका वेलामा यो घरमा किन अाइरन्छ भन् त ?’ भनेर पत्नीको सतित्वमाथि शङ्‌का गर्ने एकथोपो ठाउँ कहिल्यै पाइनँ म अभागीले ।

“तिमीजस्ता हुतिहारा नामर्द लाेनेमान्छेसँग म एक वस्तिनँ, दुई बस्तिनँ, तीन बस्तिनँ । मेरै माइतीको सम्पत्ति खाएर उल्टै मैमाथि शासन गर्न खोज्ने ? सँगैमा सेते सुब्बाले सात तले घर ठड्‌यायो । मसाने मुखियाले छसात पुस्तालाई पुग्ने सम्पत्ति लुँड्यायाे । यो चाहिँ जहिल्यै जोगीका जोगी । यस्ता फुस्रा जोगीसँग को बस्छ ? हिडें म !! भन्दै सारीको सप्को कम्मरमा फनफनी बेरेर सचिव मामा वा डिएसपी दाजुकाे धक्कु लगाएर माइततिर जाने सुअवसर पनि कहिल्यै आएन विचरी मेरी जहानलाई ।

‘जा न त जा ! माइतमात्रै किन, नर्के गए पनि जा ! तँ जाँदैमा म भोकै मर्छु भन्ठान्याछेस् ? खुट्टा भएपछि जुत्ता नाथे कति पाइन्छ कति ! लोग्नेमान्छे हुँ लोग्नेमान्छे, बुझिस् ? तँ हिँडेको तीन दिनभित्रमा तेइस वर्षे तरुनी भित्र्याइनछु भने म पनि तिलबहादुरकी तेस्री स्वास्नीको झड्केलो छोरै होइन ल जा !’ भनेर धरमपत्नीलाई आफ्नै बाबुको पुरुषार्थ सुनाएर धक्कु लगाउने सुवर्ण अवसर पनि कहिल्यै आएन म बबुरालाई ।

‘छिःछिःछिः ! कति धोक्न सक्या होला ! त्यो कुकुरको झोल पनि । त्यो गनाउने थुतुनु लिएर मेरो ओछ्यानमा आएर मर्छौं ? पर जाऊ !’ भन्दै मलाई खाटबाट घँचेटेर पर पुऱ्याउन पाउँदा कस्तो हुन्थ्यो होला, त्यो सुखद् अनुभव एकचोटि पनि गर्न पाइनन् विचरी मेरी अर्धाङ्गिनी बबुरीले ।

‘ओए, हात छाड्छेस् ? लोग्नेलाई हात हाल्छेस् ? तँलाई नर्क गइन्छ भन्ने डर छैन । पख तँलाई, तेरा करङ नगनी त किन छाडौंला र !’ भन्दै रक्सीले लड्ङ्खडाएको ज्यान बल्लतल्ल उठाएर दाउरो खोज्न पनि कहिल्यै जान पाइनँ म लन्ठुले ।

‘ला मर् ! ला मर् ! जस्तो बाबु उस्तै छोरो । तँलाई कथाको किताप चाहियो हैन ? ला कथाको किताप ! ला पढ् ! ला पढ् !’ भन्दै कुपोषणले धराप भएको छोरालाई झापडका झापड हान्ने रहर पनि कहिल्यै पूरा भएन मेरी बूढीको ।

कस्तो निष्क्रिय, कस्तो द्वन्द्वहीन, गतिहीन र प्राणहीन दाम्पत्य जीवन बितेछ गाँठे हो मेरो ! थोरै हो, तीसतीस वर्ष यस्तो नीरस, खल्लो र यथास्थितिवादी दाम्पत्य जीवन भोगेछु मैले ! अस्ति मेरी जहानले हाम्रो बिहे भएको तीस वर्ष पुगेको खुसियालीमा भन्दै छरछिमेकमा लड्डू अनि बाँडेको देखेर पो एसो विचार गरें एउटै पुरुषार्थ नदेखाई पो गएछन् गाँठे हो तीन दश क, थुक्क !

म आफ्ना वरिपरि देख्ने गर्छु, विहे ला भएको पहिलो वर्षमै लोग्नेले स्वास्नीलाई क्या मज्जाले ठटाउँछन् डुङडुङ पारेर । हाम्रा छिमेककै घटना त हो नि, एउटी स्वास्नीले बिहे गरेको तीन दिनमै लोग्नेको गोप्य अङ्ग काटिदिएर अर्कैसँग गएको ।

पत्रपत्रिका पढ्छु, टेलिभिजन हेर्छु जताततै कस्तो अग्रगामी दाम्पत्य जीवन चलिरहेको छ, आफ्नो भने सर्वनाशै भएछन् यत्रा वर्ष !

०००

कात्तिक २९, २०७० मा पहिलाेपटक प्रविष्ट गरिएकाे थियाे ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Komal Prasad Pokharel
Komal Prasad Pokharel
1 year ago

राम्रो

gopi chandra
gopi chandra
1 year ago

गजब छ सर । येा पढ्दा त म पनि हुतिहारै।परेछु नि

Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
हसुर्ने दिवस

हसुर्ने दिवस

लक्ष्मण गाम्नागे
रिटायर पछिको दैनिकी

रिटायर पछिको दैनिकी

लक्ष्मण गाम्नागे
2
0
Would love your thoughts, please comment.x
()
x