सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जिन्दगीमा होस् हास-परिहास

कहिले प्रशंसामा गुंजिएको ताली कहिले मुख छाडेर दिन्छन् गाली मायाप्रेम जताततै होस् यसपाली। किन बस्नु त्रासमा भइ उदास, जिन्दगीमा होस् हास-परिहास।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :


किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास परिहास।
किन बस्नु यो थुतुनो किच्याएर,
हुनुपर्छ सधैं अतुलित उल्लास ।


जिन्दगी हुनुपर्छ जोशको प्रसंग
देखियोस् मुहारमा खुसी छर्लङ्ग
इष्टमित्र परिवार पनि परुन् दंग
प्रत्येक क्षण जागृत रहोस् उमंग।
किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास-परिहास।


सुख मात्र होइन दुख चाहिन्छ
सुख मात्र चाहँदा दुख पाइन्छ
कसैले बढी गन्दैमा लोभ किन,
कसैले केही भन्दैमा क्षोभ किन ?
किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास-परिहास ।


जब जब राख्छौं बढीअभिलाषा,
हात लाग्छ सुन्नाअर्थात निराशा ?
राखी शिष्ट सरल सन्तुलित भाषा
अहम् ब्रह्मास्मि आफ्नो परिभाषा
किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास-परिहास।


जीवनको यात्रा उकाली ओराली
कहिले प्रशंसामा गुंजिएको ताली
कहिले मुख छाडेर दिन्छन् गाली
मायाप्रेम जताततै होस् यसपाली।
किन बस्नु त्रासमा भइ उदास,
जिन्दगीमा होस् हास-परिहास।४।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मच्छरवाद- जिन्दावाद

मच्छरवाद- जिन्दावाद

लक्ष्मण नेवटिया
कलमको कन्तबिजोग

कलमको कन्तबिजोग

लक्ष्मण नेवटिया
भकाभक खाएर भक्का- भएछु हक्काबक्का

भकाभक खाएर भक्का- भएछु...

लक्ष्मण नेवटिया
हे निद्रा देवी नमो नम:

हे निद्रा देवी नमो...

लक्ष्मण नेवटिया
तीन ठाेकान

तीन ठाेकान

लक्ष्मण नेवटिया
भाइ !

भाइ !

खगेन्द्र नेउपाने
भन न तिमी कहिले फर्कने ?

भन न तिमी कहिले...

कृष्णदेव रिमाल
युद्ध आतङ्क

युद्ध आतङ्क

युवराज भण्डारी
नयाँ नेपाल बन्ने भयो

नयाँ नेपाल बन्ने भयो

डिल्लीराज अर्याल
ती देशघातीले

ती देशघातीले

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x