साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लगौँटी दिवस खै ?

र त आफ्नै टाउको काटेर मालिकलाई मुकुट लाइदिन्छौँ हामी अचाक्ली अनुशासित र ज्ञानी पनि छौँ र त आफ्नै लगौँटी खोलेर नाङ्गो बादशाहको स्वागतमा तोरण फहराइदिन्छौँ । हैन, लगौँटी दिवस खै ??

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले

वर्षमा एकदिन स्वाङ सिउरेर
“टोपीदिवस” मनाउँछौँ हामी
पेन्टमाथि ईगो बेरेर
“धोती दिवस” पनि कराउँछौ हामी
दर्शकले उधुम मजा मानेको ठानेर
आफ्नै छालासमेत काढेर गज्जब रमिता गराउँछौ
जाबो एउटा औँठीको लागि सिंगै डुँडुलो चढाउँछौ
नाथे एउटा मालाको लागि आफ्नै गर्दन लडाउँछौँ ।
हामी भूपीका बुद्धू बहादुर
हामी गणेशमानका भेडा
हामी छिमेकीका छौँडा
आफ्नै मात्र शुभलाभ ताकेर
हामी ढुकिरहन्छौँ गौँडा – गौँडा ।
आफ्ना रीतिरिवाज र संस्कारलाई
रुढीवादी र फजूल सम्झिन्छौँ हामी
अर्काको विसंगति, विकृति र विकारलाई
अत्यावश्यक र भिटामिन ठान्छौँ हामी
हामी अर्कैको कट्टु, अर्कैको ईंजार
हामी अर्कैको दर्जी, अर्कैको मिजार
हामी अर्काको भक्त र दानी पनि छौँ
र त आफ्नै टाउको काटेर
मालिकलाई मुकुट लाइदिन्छौँ
हामी अचाक्ली अनुशासित र ज्ञानी पनि छौँ
र त आफ्नै लगौँटी खोलेर
नाङ्गो बादशाहको स्वागतमा तोरण फहराइदिन्छौँ ।
हैन, लगौँटी दिवस खै ??

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x