साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पद, पैसा र पावरको कमाल

त्यसैले त मुलुकमा धर्म-सर्म छैन धर्म छाडालाई भयो मोजमस्ती चैन । राष्ट्रप्रेमी दवाउन परप्रेमी उठे परदेशी हँसाउन परधर्मी जुटे । कर्तव्य र अधिकार छैन बराबरी अधिकार मात्र खोज्ने भए सर्वोपरि ।

Nepal Telecom ad

डा. बमबहादुर जिताली :

प्रतिपक्ष-प्रतिष्ठा र निधिको खै निष्ठा ?
बदेल र वगुरझै हसुरेछन् विष्टा ।
खाने-खाने भाँडिएर खान्न भनी-भनी
पाएपछि कुम्ल्याएर मिले गनी-गनी ।

खाएका छन् जनताको करमाथि कर
हन्तकाली, अगस्तिको के को छ र भर ।
खानलाई बाँचेका छन् धुर्त धुन्दुकारी
वांच्नलाई खाने भए खान्थे आलु तारी ।

हिजोसम्म भन्ने गर्थे नयाँ हुन्छ राम्रो
आज फेरि भन्न थाले मिठो हुन्छ चाम्रो ।
चाम्रो मासु चपाउने चुली चढ्दै गए
पद, पैसा, पावरमा लोभी-पापी भए ।

सत्य, शिव, सुन्दर झन् सुकाउने भए
छक्का, पञ्जा खेल्नेहरू रमाउँदै रहे ।
जनताले रुचाउने लांकुरीको बोट
ढालिदिए त्यो बोटमा नभेटेर नोट ।

धोक्नसम्म धोकेपछि रक्सी हुन्छ कस्तो ?
धर्म-सर्म, कर्मसंगै हुन्छ छोडेजस्तो ।
त्यसैले त मुलुकमा धर्म-सर्म छैन
धर्म छाडालाई भयो मोजमस्ती चैन ।

राष्ट्रप्रेमी दवाउन परप्रेमी उठे
परदेशी हँसाउन परधर्मी जुटे ।
कर्तव्य र अधिकार छैन बराबरी
अधिकार मात्र खोज्ने भए सर्वोपरि ।

पद, पैसा, पावर, मसल
देखेपछि लोभिए कमसल ॥

०००
(प्रतिनिधि ४०३, ७७, माघ-फागुन, २०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x