साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी हो– केही त गरौँ !

यो विश्वव्यापीकरणको जमानामा पुराना भए अब, गीताका श्लोकहरु अब त हामी, कर्म केही नगरौँ अनि झ्याप्पै फलको आशा गरौँ बाँच्नका लागि त जसले पनि खाएकै छन्, हामीहरु अब खानकै लागि बाँच्ने गरौँ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

साथी हो,
केही नगर्नलाई पनि त
केही त गर्नैपर्छ
त्यसैले,
जाँगर निकालेर अल्छी गरौँ ।
आफ्नै बुद्धिमा अलिकति
छारो हाल्न,
कहिल्यै नअघाउने पेटमा
थोरै चारो हाल्नलाई समेत
केही त गरौँ ॥

साथी हो,
राम्रो काम गरेर
किन बद्नामी हुनु ?
न्याय हरायो भन्दै
ट्वाइलेट भित्र छिरेर
कति रुनु ?
आखिर काम त काम नै हो
एक नम्बरी किन गर्नु ?
साथी हो आउनुहोस्,
काम दुई नम्बरी गरौँ ।
अनि मान्छे एक नम्बरी बनौँ ॥

बहुमतको कदर गर्नैपर्छ साथी
हामी पनि,
भएभरका नराम्रा काम गरेर
नामी हुन सिकौँ ,
भ्रष्टाचारको पसलको पैसाले
दामी हुन सिकौँ ।
जमाना आधुनिक छ साथी
दाउरा घाँस,
काट्नु पदैन अहिले
मज्जाले सकुन्जेल,
अरुका कुरा काटौँ
जो कामचोर भएर,
चौबिसै घण्टा काम गर्छ
हो उसैको सबैथोक चाटौँ ॥

साथी हो,
डर र चिन्ता भन्ने कुरो
विदेशतिर बसाई सर्‍यो ।
गल, गैँटी र बेल्चा
उचाल्नु पर्दैन अब,
मन लागेको बेला
मस्तले सोसल मिडिया उचालौँ ।
रोप्न छोडियो तरुल र पिडालु
खन्न मन लागेको बेला,
जसले प्रगति गरेको छ
हो उसैको खोइरो खनौँ ॥

साथी हो,
हामी सबै मिलेर
केही त गर्नैपर्छ अब ।
यो विश्वव्यापीकरणको जमानामा
पुराना भए अब,
गीताका श्लोकहरु
अब त हामी,
कर्म केही नगरौँ अनि
झ्याप्पै फलको आशा गरौँ
बाँच्नका लागि त
जसले पनि खाएकै छन्,
हामीहरु अब खानकै लागि
बाँच्ने गरौँ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जुटफुटको मज्जा !

जुटफुटको मज्जा !

गायत्री परिरोशनी
ज्वाइँराजाहरूको नाममा !

ज्वाइँराजाहरूको नाममा !

गायत्री परिरोशनी
भ्रम हरायो !

भ्रम हरायो !

गायत्री परिरोशनी
बडादशैँको शुभकामना !

बडादशैँको शुभकामना !

गायत्री परिरोशनी
ब्राण्डेड- मान्छे !

ब्राण्डेड- मान्छे !

गायत्री परिरोशनी
नैतिकता बासेको सूचना !

नैतिकता बासेको सूचना !

गायत्री परिरोशनी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
रमिता

रमिता

सुशील रिजाल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
आओस् अक्कल

आओस् अक्कल

डा. बमबहादुर जिताली
जोगी

जोगी

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x