साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी हो– केही त गरौँ !

यो विश्वव्यापीकरणको जमानामा पुराना भए अब, गीताका श्लोकहरु अब त हामी, कर्म केही नगरौँ अनि झ्याप्पै फलको आशा गरौँ बाँच्नका लागि त जसले पनि खाएकै छन्, हामीहरु अब खानकै लागि बाँच्ने गरौँ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

साथी हो,
केही नगर्नलाई पनि त
केही त गर्नैपर्छ
त्यसैले,
जाँगर निकालेर अल्छी गरौँ ।
आफ्नै बुद्धिमा अलिकति
छारो हाल्न,
कहिल्यै नअघाउने पेटमा
थोरै चारो हाल्नलाई समेत
केही त गरौँ ॥

साथी हो,
राम्रो काम गरेर
किन बद्नामी हुनु ?
न्याय हरायो भन्दै
ट्वाइलेट भित्र छिरेर
कति रुनु ?
आखिर काम त काम नै हो
एक नम्बरी किन गर्नु ?
साथी हो आउनुहोस्,
काम दुई नम्बरी गरौँ ।
अनि मान्छे एक नम्बरी बनौँ ॥

बहुमतको कदर गर्नैपर्छ साथी
हामी पनि,
भएभरका नराम्रा काम गरेर
नामी हुन सिकौँ ,
भ्रष्टाचारको पसलको पैसाले
दामी हुन सिकौँ ।
जमाना आधुनिक छ साथी
दाउरा घाँस,
काट्नु पदैन अहिले
मज्जाले सकुन्जेल,
अरुका कुरा काटौँ
जो कामचोर भएर,
चौबिसै घण्टा काम गर्छ
हो उसैको सबैथोक चाटौँ ॥

साथी हो,
डर र चिन्ता भन्ने कुरो
विदेशतिर बसाई सर्‍यो ।
गल, गैँटी र बेल्चा
उचाल्नु पर्दैन अब,
मन लागेको बेला
मस्तले सोसल मिडिया उचालौँ ।
रोप्न छोडियो तरुल र पिडालु
खन्न मन लागेको बेला,
जसले प्रगति गरेको छ
हो उसैको खोइरो खनौँ ॥

साथी हो,
हामी सबै मिलेर
केही त गर्नैपर्छ अब ।
यो विश्वव्यापीकरणको जमानामा
पुराना भए अब,
गीताका श्लोकहरु
अब त हामी,
कर्म केही नगरौँ अनि
झ्याप्पै फलको आशा गरौँ
बाँच्नका लागि त
जसले पनि खाएकै छन्,
हामीहरु अब खानकै लागि
बाँच्ने गरौँ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x