डिल्लीप्रसाद मूलतिहुनचोरका समस्या (१)
जान्नेबुझ्नेहरूले यति असल कुरा चोरको बुझ्नुपर्ने थुन्ने छेक्ने समात्ने धरपकड सधैँ ब्यर्थ के खोज्न गर्ने तीता मीठा अनेकौं अनुभव बटुली दक्ष बन्दै गएका हामीलाई नचिन्दा कदर नगरिँदा छौँ समस्या सहेका ।

डिल्लीप्रसाद मूलतिहुन :
चोर्ने पेसा अँगाल्ने अति रहर थियोे काम थाल्नै समस्या
खोसौँ लाग्दा सबैका सुन गरगहना हात हाल्नै समस्या
अग्ला पर्खाल नाघ्दै घरतिर छिरियो फोर्न ढोका समस्या
साँचो भाँच्ने समस्या पनि हल गरियो खोल्न पोका समस्या । १ ।
थाहा पाए कसैले यसबखत भने हुन्छ चर्को समस्या
भाग्ने बाटो नभेटे अझ क्षण भरमा पर्छ अर्को समस्या
मार्का बुझ्दै बुझेनन् रतिभर जनले चोरका भूमिकाको
उल्टै हाम्रा समस्या हलहुन नदिने जाल बुन्दैछ कोको ।२ ।
चोरेको माल बोकी गुरुरुरु कसरी दौडने त्यो समस्या
राख्ने ओर्ने कताहो गुपचुप कसरी फेरि आयो समस्या
चोर्ने मौका मिलाए रकम अलिकता भाग बन्डा गरौंला
सम्झौता होस् मिलेरै धन अब बटुलौँ पेट हाम्रो भरौँला ।३ ।
जान्नेबुझ्नेहरूले यति असल कुरा चोरको बुझ्नुपर्ने
थुन्ने छेक्ने समात्ने धरपकड सधैँ ब्यर्थ के खोज्न गर्ने
तीता मीठा अनेकौं अनुभव बटुली दक्ष बन्दै गएका
हामीलाई नचिन्दा कदर नगरिँदा छौँ समस्या सहेका ।४ ।
क्रमशः
०००
चाँगुनारायण, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest








































