साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता बन्यो नम्बरी

जानेको हित गर्न देश जनको देखिन्न एकै रती साह्रै लुब्ध बनेर पार्न कसियो यो देशको नै खती घाती भ्रष्ट सपार्न को गुरु चुनौँ के पो गरौँ हे! हरि भन्छन् वृद्ध पिता सुपुत्र कसरी नेता बन्यो नम्बरी॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

आफू लोक हसाउँने विषयमा सोच्दैछु रातोदिन
सारा सन्त र आर्तको जय गरी हाँसो खुसी सुम्पिन
छोरो लोक रुवाउने नव कला सिक्दैछ त्यो बेसरी
भन्छन् वृद्ध पिता सुपुत्र कसरी नेता बन्यो नम्बरी॥१

धेरै वर्ष बनेर चाकर हिँड्यो सामन्तको पासमा
थाल्यो गाउन त्यो प्रशस्ति बहुतै सम्भ्रान्तकै आसमा
खोलो हुल्दछु भन्छ कूट धनको झेली गरी नौ थरी
भन्छन् वृद्ध पिता सुपुत्र कसरी नेता बन्यो नम्बरी॥२

घुम्ने मेच लिएर बस्छ कहिले हाँकेर मन्त्रालय
गर्नै निर्णय घातकी अति ठुला मान्दैन केही भय
खेती गर्दछ झूटको दिनदिनै आवाज चर्को गरी
भन्छन् वृद्ध पिता सुपुत्र कसरी नेता बन्यो नम्बरी॥३

पैसा आर्जनको अनेक तरिका सिक्दैछ सोह्रै कला
पैसा पाउन मिल्छ सत्रुसित झन् चाँडै मिलाई गला
आफू पण्डित बन्छु भन्छु सहसा ऊ पो बन्यो पादरी
भन्छन् वृद्ध पिता सुपुत्र कसरी नेता बन्यो नम्बरी॥४

जानेको हित गर्न देश जनको देखिन्न एकै रती
साह्रै लुब्ध बनेर पार्न कसियो यो देशको नै खती
घाती भ्रष्ट सपार्न को गुरु चुनौँ के पो गरौँ हे! हरि
भन्छन् वृद्ध पिता सुपुत्र कसरी नेता बन्यो नम्बरी॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x