साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे भानु आऊ अब

आफ्नै भेष र भाषिका लडिरहे होला र के उन्नति आआफ्ना गतिला अरू सब निचा भन्ने भयो संस्कृति लौ आन्दोलन थालनी अब गरौँ भाषा बचाऊँ सब भाषाको महिमा छ गाउन जुटौँ हे भानु आऊ अब ।।

Nepal Telecom ad

घनश्याम रेग्मी :

रम्घाको रमणीय आँगन चुनी आषाढ उन्तीसमा
भाषा सेवकको पदार्पण हुँदा बेंसी खुसी खासमा
जे जस्तो पहिले परिस्थिति थियो उस्तै छ भाषा सब
भाषा हार्दिक पार्न यो भुवनमा हे भानु आऊ अब ।।१

नेपाली जन अग्रको गमनको गर्दै थिए चाहना
भाषा माध्यम मानियो र यसले पूरा गर्‍यो भावना
नेपाली पनको अभाव किन झन् बढ्दै गयो केशव
भाषाको महिमा उठाउन छिटो हे भानु आऊ अब ।।२

खोज्छन् उम्रिन आँकुरा प्रगतिका पाखा पखेरातिर
हाम्रो चेतन बिन्दुको नव लता मोडिन्छ अर्कोतिर
माटो प्रेम जगाउने विषयमा हामी जुटौँला सब
बत्ती उच्च विचारको सँग लिई हे भानु आऊ अब ।।३

पुर्खाका सपना थिए मुलुक यो होस् फूलबारी सरी
सादा जीवन देश प्रेम सपना भज्दै रमा श्री हरि
लागोस् चिन्तन रामका पद भनी बिर्सी बसेका सब
हो रामायण लेख्न गाउन भनी हे भानु आऊ अब ।।४

भाषाको छ बिजोग आज गहिरा खाल्डा परेका यहाँ
नौला ज्ञान विकास छैन यसमा हेप्छन् छिमेकी जहाँ
यस्तो दीन दशा सपार्न छ यहाँ लागौँ कि जम्मै सब
केही गर्न ढिलो भयो मुलुकमा हे भानु आऊ अब ।।५

आफ्नै भेष र भाषिका लडिरहे होला र के उन्नति
आआफ्ना गतिला अरू सब निचा भन्ने भयो संस्कृति
लौ आन्दोलन थालनी अब गरौँ भाषा बचाऊँ सब
भाषाको महिमा छ गाउन जुटौँ हे भानु आऊ अब ।।६

०००
भरतपुर- ५ विकास चोक, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x