साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकेलुतो

सुकेलुतो सल्किएर देश सुकेको छ लुतोपोतो पल्किएर देशै लुटेको छ । लुटाहा र फटाहाले लुतो पालेका छन् लुतोलाई लुकाउन लुतो लागेका छन् ।

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

निषेधको राजनीति सुकेलुतो बनी
आलोपालो लाजनीति भएको छ धनी ।
भुटानी र लुटानीमा लुतो लागेको छ
त्यै लुताले सताएर युवा भागेको छ ॥

सङ्घीयता बनेको छ हलोकाटी मुङ्ग्रो
लुते मुङ्ग्रो सल्किएर भएको भुङ्ग्रो ।
जताततै फैलिएको लुतो भ्रष्टाचारी
सुकेलुतो चुलिएर भएको छ भारी ॥

भुङ्ग्रो बनी डसेको छ खसेको छ अर्थ
सुकेलुतो कन्याउँदा अर्थ भयो व्यर्थ ।
बालकाण्ड, गिरीबन्धु, काण्ड सहकारी
अनगिन्ती काण्ड गर्ने गणतन्त्रधारी ॥

नाइके र टाउके बसे लुतो कन्याएर
देश नाङ्गो पारिकसे नोट खन्याएर ।
लुतो सर्न थालेको छ दायाँ-बायाँ गरी
सल्किएर फैलेको छ सारा अङ्गभरि ॥

फाल्नुपर्छ लुतोलाई अगुल्टाले हानी
विकृति र विसङ्गति रोग ठूलो ठानी ।
उपचार गर्नुपर्छ परिष्कार गरी
लुतो यदि रह्यो भने गर्छ मनपरी ॥

सुकेलुतो सल्किएर देश सुकेको छ
लुतोपोतो पल्किएर देशै लुटेको छ ।
लुटाहा र फटाहाले लुतो पालेका छन्
लुतोलाई लुकाउन लुतो लागेका छन् ।

नेताजीको राष्ट्रिय पहिरन । सुकेलुतो कन्याउँदा हैरान ॥

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

लुतो कनाईको जस्तै मजा आयो है पढ्दा

Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
1
0
Would love your thoughts, please comment.x
()
x