साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारको चमत्कार

भ्रष्टाचारी जति सबै सदनमा सरे धुन्दुकारी, हन्तकाले मन्त्री हुने अरे ! नीतिगत भ्रष्टाचार मन्त्रीजीले गर्छन् जेलभित्र मन्त्री होइन कर्मचारी पर्छन् ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

सरकारका मन्त्रीहरु भ्रष्ट छैनन् कोही
सुन, हात्ती हत्याएर बनेका छन् गोही ।
अठहत्तर अडियोको समाचार सुन्दा
लाखमाथि करोडमा कति हुन्छ गुन्दा ?

जेब्रा झोला भरिएको हात्ती कल्ले खायो ?
मन्त्रीपुत्र, भ्रष्ट सूत्र भएभर आयो ।
नाइकेले भन्नुहुन्छ खान दिन्न घूस
भ्रष्टाचार चमत्कार भएको छ जुस ॥

काण्डमाथि प्रकाण्ड छन् मण्डलमा सारा
ढुङ्गामाटो पाटो, बाटो चपाउने दाह्रा ।
दाह्राभन्दा बङ्गारा झन् हात्ती चपाउँछन्‌
घ्याम्पे भुँडी हुनेहरु सारा पचाउँछन् ॥

चमत्कार हुन थाल्यो चम्चा डाडु मिल्दा
सहकारी भिजिट भिसा चारै दिशा निल्दा ।
दायाँ–बायाँ मिलाएर खाने बाटो खने
खान बाँकी केही छैन ! दुनियाले भने ॥

युवाशक्ति बेची खाए श्रम, सीप तारी
युवा पनि नपाएर बेच्न थाले नारी ।
नर नारी नारायण बेचेका छन् पारि
निर्देशन, सुशासन चलेको छ वारि ॥

आलोपालो गरी खान बाह्र बूँदा बने
मिलिजुली खाएपछि खाल्टो आफैं खने ।
शान्तिक्षेत्र पल्टाउने परिपञ्च पाले
सेतोलाई खैरो पारे सम्पन्नता फाले ॥

खैरोलाई कालो पार्ने प्रगतिमा लागे
आदर्श र विकासका नीति सबै भागे ।
गरिबीमा पैलो पारे यसै गरी–गरी
भ्रष्टाचार चमात्कार चल्यो चर्खासरि ।

सत्ताभित्र सनातनी भूमि हरण गरे
सात पुस्ता पुग्ने गरी झोले भुँडी भरे ।
मिसनमा कमिसन बनेको छ तारो
किसानको भैँसी आज बसेको छ थारो ॥

भ्रष्टाचारी जति सबै सदनमा सरे
धुन्दुकारी, हन्तकाले मन्त्री हुने अरे !
नीतिगत भ्रष्टाचार मन्त्रीजीले गर्छन्
जेलभित्र मन्त्री होइन कर्मचारी पर्छन् ॥

नागरिक हकलाई भद्रगोल पारे
विदेशीको बथानमा रैथानेले हारे !
सदनको चालामाला सिक्किम झैं होला
फिजी हुन बेर छैन भरेपछि झोला !!

गणतन्त्र गाडियो लुटेर !
लोकतन्त्र भाँडियो फुटेर !!

०००
रानीवन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x