रामकुमार पाँडेसबै विश्व एकसाथ हाँस्ने छ
पाेल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय हास्य सम्मेलन समापनका अवसरमा नेपाली सहभागीका नाताले विभिन्न देश देशका २ सय विशिष्ट सहभागी समक्ष रामकुमार पाँडेले गर्नु भएकाे संभाषणको प्रमुख अंशकाे नेपाली अनुवाद यहाँ प्रस्तुत छ:

रामकुमार पाँडे :
पोल्यान्डमा पोल्याण्डको क्राकावो नगरमा एक असारकाे तेस्राे हप्ता सप्ताहव्यापी रूपमा सन्चालन भै समाप्त भएको ३४ औँ अन्तर्राष्ट्रिय हास्य सम्मेलनमा नेपालबाट हास्यव्यङ्ग्यकार रामकुमार पाँडे सहभागी हुनु भएकाे थियाे । याे अन्तर्राष्ट्रिय हास्य सम्मेलन समापनका अवसरमा नेपाली सहभागीका नाताले विभिन्न देश देशका २ सय विशिष्ट सहभागी समक्ष रामकुमार पाँडेले गर्नु भएकाे संभाषणको प्रमुख अंशकाे नेपाली अनुवाद यहाँ प्रस्तुत छ:
अध्यक्ष महोदय, मान्यवर अतिथिहरु, हास्य स्रस्टा, व्यङ्ग्य चित्रकार, प्रहशन कलाकार, मित्रवत देशका प्रतिनिधिहरु महिला तथा सज्जनबृन्द !
सर्वप्रथम अन्तर्राष्ट्रिय हास्य अध्ययन समाजलाइ यो विशिष्ट व्यक्तित्व माझ केही शब्द अभिव्यक्त गर्ने अवसर दिएकामा धन्यवाद अर्पण गर्दछु।
म संसारको सर्वोच शिखरको काखबाट आएको जहाँ शान्तिका दूत बुद्धको जन्म भएको थियो । नेपाल विशिष्ट त्रिकोण युक्त ध्वजा भएको विश्वकै बहादुर गोरखालीको प्रशिद्ध देश हो। नेपाल शान्तिक्षेत्र घोषणा भएको देश हो। नेपाल जहाँ वैदिक सनातन बौद्धिक अभ्यास हुन्छ। आर्थिक रुपले गरीव भए पनि नेपाल संस्कृति र खोजि नगरिएको खजानाको भण्डार भएको देश हो।
नेपाली जनता हास्यप्रिय छन्। आर्थिक रुपमा गरीव भए पनि उनीहरु मुस्काउछन् र मनोरन्जनात्मक चाडपर्व मनाएर जीवनमा खुशी रहन्छन्। अहिले म यहाँ मेरो जीवन कालमा देखेको नेपाली हास्यको अनुभवको रुपरेखा कोर्ने प्रयास गर्दछु।
हास्य लेखकका रुपमा मैले ६५ वर्ष अघिदेखि मेरो उमेर ७९ पुग्दासम्म लेख्दैछु। मेरो जन्मोत्सव असार २५ मा हो। यो वर्ष मेरो सर्वसुखद जन्मोत्सव मैले मनाउदै छु। कारण अङ्ग्रेजी पी पी पीले तीन पटक पी प्रोफेसर पाँडे पोल्याण्डमा जन्मोत्सव मनाउदै छु।
मैले नेपालमा दर्जनौ हास्य पुस्तक लेखेको छु। म मैले वैयक्तिक ट्रेडमार्क अर्थात पेटेन्ट ब्राण्ड पाँडेपुराण अन्तरगत लेख्दछु। मैले ३५ वर्ष हास्य व्यङ्ग्य समाज नेपाल हासनेको संस्थापक अध्यक्ष भएर काम गरेँ। म हास्य र कमिक कलाको अमेरिकाबाट प्रकाशित हुने जर्नलको सम्बन्धनमा थिएँ। समाजका अनेकौँ विकृतिको बिरोधमा म सङ्घर्षरत छु। नेपालका जनता र केहि विदेशी मित्रहरुले मलाइ हास्य लेखक र हास्य प्रवर्द्धक भनि चिन्दछन्। मैले इन्टरनेशनल सोसाइटी अफ ह्युमर स्टडिजको सम्मेलन अस्ट्रेलिया, जापान र इटालीमा भाग लिएको छु।
हास्यव्यङ्ग्यमा योगदान गरे बापत मैले मेरो देशको सम्मानजनक धेरै पुरस्कार र सम्मान पाएको छु। संभवत एउटा दुर्गम र विकासोन्मुख देशको कारण मेरो लेखन बाहिर अत्यल्प र अनभिज्ञ भएको छ। सत्यत: नेपाल सुन्दर र प्राकृतिकका साथै सास्कृतिक रुपमा र स्रोतपूर्ण छ जहाँ भ्रस्ट राजनीतिक अपराधिक नेताले शासन गरिरहेछन्। यसैकारण हास्य स्रष्टा सबैले तिनीहरुमाथि अक्रमण गर्दछन। खास गरि जनता हास्य र व्यङ्ग्यलाइ प्रेमपूर्वक ग्रहण गर्दछन्।
नेपालमा राजनीतिक व्यङ्ग्य लेखनमा र कार्टून, प्रहशन र प्रदर्शन समेत भएका छन्। कार्टून प्रकाशन दैनिक पत्रिकामा, हास्य साहित्य, साहित्यक पत्रिका र प्रहशन मन्चनमा प्रमुख र प्रशिद्ध भएका छन्। साथै बर्सेनि व्यङ्ग्यमा हास्य धून जनस्तरमा रहेको छ।
हाम्रो विशिष्ट हास्य चाड गाईजात्रा हो। यो चाड ३ सय वर्षभन्दा अघिदेखि हास्यव्यङ्ग्य चाडको रुपमा गाईजात्रा पर्व नगर, गल्ली, मूलबाटो र चोकतिर झाँकी ल्याइन्छ। यसको उत्पति तात्कालिक राजासँग सम्बद्ध छ। बिफरको कारणले बालक राजकुमारको निधन भयो । यसले रानीमा गहिरो आघात पर्यो। राजाले रानीलाई रुनबाट छुटाउन सकेनन्। उनले संझाउदै यस्तो स्थिति हाम्रो मात्र हैन धेरै जनताको छ। तर संझाउन कठिन भयो।
राजाले मृतकको घर घरबाट झाँकी ल्याएर रानीलाई सान्त्वना दिन आग्रह गरे। याे झाँकी देखेर रानीले कुरा बुझिन् र शोकमुक्त भइन्। झाँकी प्रदर्शनले उनी मुस्काइन्। यो जात्रा ठूला मुख्य शहरहरुमा गाईजात्राका रुपमा भदौतिर मनाइन्छ। यो प्रशिद्ध जात्रा युरोपको कार्निभल जस्तै छ। यो जात्रा समाजका विकृतिलाई हास्यव्यङ्ग्य गरि हटाउने एक प्रकारको परम्परा हो।
आधुनिक समाजमा राजाले पनि हास्य संस्थागत गर्न राजकीय प्रज्ञा प्रतिस्ठानलाई मद्दत गरेका थिए। गाईजात्राको समयमा प्रज्ञा प्रेक्षालयमा हास्य प्रदर्शन हुने र राजखलक, उच पदस्थ र सरकारी अधिकारीद्वारा एकसाथ अवलोकन गर्ने गरिएकाे थियो। याे परम्पम्परा पछिल्लाे राजनीतिक परिवर्तनसँगै रोकिएकाे छ । त्यसबेला प्रतियोगितात्मक प्रक्षेपणले हास्य लेखक, प्रहशन कलाकार र व्यङ्ग्य चित्रकलाकाे प्रवर्द्धनमा सघाएको थियो।
यस प्रकारको चाडपर्वले सुखपूर्वक बाँच्न सघाउछ। भनिन्छ मान्छे जन्मदा आफू रुन्छ र मर्दा अरुलाई रुवाउँछ। यस बिचको समय हाँसेर जीवन खुशीले मनाउनुपर्छ भन्ने मान्यता छ। हाम्रो विश्व हास्य संस्था यस क्षेत्रमा तीन दशकभन्दा पहिलेदेखि कार्यरत छ। हास्यप्रेमी यहाँ जो जम्मा भएका छन् उनीहरु मानवताको शत्रुलाई हास्य साहित्य लेखन, कार्टून चित्राङ्कन र प्रहशन प्रदर्शनद्वारा बिरोध गर्दछन्।
हास्य स्रष्टाले पृथिवीबासी जनताको मुहारमा आफ्नो सिर्जनाद्वारा मुस्कान ल्याउन सङ्गर्षरत रहेकामा मेरो तर्फबाट कृतज्ञता प्रकट गर्दछु । हास्य मानव मनोविज्ञानलाई प्रभाव पार्न शक्तिशाली भए जस्तै यसले मानव चरित्र निर्माण र व्यक्तित्व विकासमा पनि प्रभाव पार्दछ। हास्यले मानवताको विवेक र चेतना उठाउछ। यसमा एउटा बम र बन्दुकको कथा याद आउँछ। दुबै मानिस मार्नमा शक्तिशाली हुन्। एकपल्ट बन्दुकले बमलाइ भन्यो, मेरो अघि तँ केही पनि हैनस्। अनि बमले भन्यो, तँ मेरो अगाडि केहि पनि हैनस्। दुबै झगडा गर्दै थिए। दुबै आफ्नो उचताको दम्भ देखाउदै थिए। रिसले बन्दुकले बममा सूट गर्यो। बम पड्कियो र बन्दुक पनि आगोको खरानीमा परिणत भयो।
मेरा लागि एउटी बालिकाको मुस्कानले घरमा सौन्दर्य ल्याउछ र एउटा बालकको मुस्कानले घरमा सुख ल्याउछ। एउटा जोडीको मुस्कानले पृथ्वीकाे घरमा स्वर्ग ल्याउछ। यसैले हाँसौँ र अर्कालाई हसाऔँ । मैले मेरो लेखनले र हास्यको सिर्जनात्मक कार्यले आफ्नो परिवेशमा मुस्कान ल्याउन प्रयास गर्दैछु।
मैले गत ४८ वर्षदेखि आलुपार्टी गर्दैछु। नेपाली हास्य साहित्य, व्यङ्ग्य चित्र र प्रहशन बारे अनुसन्धान प्रकाशन गर्दैछु। मेरो प्रतिनिधिमुलक दुई ढब्बु पुस्तक, निबन्ध र कविता हास्य स्रष्टालाई प्रोत्साहन र हास्यव्यङ्ग्य पाठकलाई मनोरन्जन प्रदान गर्न आएको छ। हास्य प्रस्तुतिका कार्यक्रम व्यङ्ग्यचित्र प्रदर्शन र कविता गोष्ठीले हास्य प्रवर्द्धन हुँदैछ। विद्यमान अवस्थामा टेलिभिजन कार्यक्रम र विशेष प्रकाशनमा नेपालमा हास्यपत्रिका विभिन्न संस्थाले प्रकाशन गर्दै आएका छन्। हामीले नेपालमा हासने घर जसले हास्य केन्द्रका रुपमा विभिन्न हास्य कार्यकलाप र म्युजियमको पनि कार्य गर्ने निर्माणको सोच राखेका छौँ। तर यो अझै सपनामै सीमित छ। यसैले नेपालमा विभिन्न हास्य कार्यक्रमका लागि हामी स्वागत गर्दछौँ।
विश्वका शहरहरुमा हाँसो हराउने अवस्था छ। युद्ध, हत्या र भ्रस्टाचारले समसामयिक मानिसमा दवाब पैदा भएको छ। व्यस्त जीवन, आर्थिक समस्या र परिवेशको अभावले हास्य दुर्लभ भएको छ। यसैले हास्यलाई पुनरजाग्रत गर्न ठट्टा रमाइलो गरौँ, प्रहशन हेरौँ, हास्य पुस्तक पढाैँ र कार्टून हेरौँ।
उपयोगी कथा र हास्य सामग्री बाँडेर पढौँ र विश्व परिवर्तन र मानवको अनुहारमा मुस्कान ल्याउन र अध्ययन, बैठक र यात्राबाट हाम्रो हास्य प्रयासको स्वागत गरौँ। म नेपालमा अनुसन्धाता र हास्य कलाकारलाई भ्रमणका लागि स्वागत गर्दछु र हास्य कुराहरु पत्ता लगाइ सुखपूर्वक बाँच्ने कुरा खोज्न स्वागत गर्दछु।
मसँग हास्य ओलम्पिकको एउटा सपना छ जुन आउँदो पिँढीले गर्नेछ र सबै विश्व एकसाथ हाँस्ने छ। म यहाँ आज सैतिसौँ अन्तर्राष्ट्रिय हास्य सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्दछु ।
म भन्छु दुख खराव हो, हाँस्नका लागि बाचौँ र बाँच्नका लागि हासौँ। सबैले एकसाथ भनौँ ह्यापी ह्युमर !
०००
Subscribe
Login
0 Comments
Oldest









































