साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगो !

पर्ख्यौँ हुन्छ कि वा; भनेर दशकौँ हाम्रो बित्यो जिन्दगी । छैनन् आश अझै सबै भ्रम थियो फैल्यो यहाँ गन्दगी । टिक्ने छैन कदापि भोलि यसरी पापिष्ट ढल्दैछ है ! तानाशाह जराे उखेल्न अहिले, सङ्ग्राम चल्दैछ है !

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

जाग्दैछन् कसरी युवा मुलुकका को सक्छ रोक्नै अहो !
आँधीतुल्य विरोधको जुलुस यो को सक्छ छेक्नै अहो !
आए शिक्षितवर्ग जो सडकमा सम्पूर्ण ढाक्दै छ है !
भ्रष्टाचार विरुद्ध युद्ध छ अहो इन्साफ माग्दै छ है !

वर्षौँ वर्ष बित्यो बसेर पदमा हालीमुहाली गरे ।
खोक्रो राष्ट्र भयो रहेन अघि झैँ खुम्च्यो प्रतिष्ठा हरे !
सिङ्गो राष्ट्र चिरा चिरा छ अहिले अस्तित्व खै देशको ।
शङ्का लाग्छ सबै दलाल दलका गर्लान् लिलामी अहो !

सीमा साँध हरेक रात दिनमा मिच्छन् छिमेकी यहाँ ।
बोल्दैनन् तर यी बसेर पदमा नेता बिक्यो देशमा ।
मर्दैछन् अहिले युवा अरबमा खाडी बन्यो बाध्यता ।
छैनन् ध्यान कुनै अझै दमनमा उत्रिन्छ सत्ता यता !

रोकिन्नन् जसरी थुनेर सरिता चट्टान आओस् त्यता ।
छेकिन्नन् नभका शशी- रवि कतै यो व्यर्थको धृष्टता ।
लम्किन्छन् बनमा सिकार छ जहाँ निश्चिन्त छन् शार्दूल !
आगो हो अब जल्छ जल्छ खलको पोल्नेछ छाती तल ।

पर्ख्यौँ हुन्छ कि वा; भनेर दशकौँ हाम्रो बित्यो जिन्दगी ।
छैनन् आश अझै सबै भ्रम थियो फैल्यो यहाँ गन्दगी ।
टिक्ने छैन कदापि भोलि यसरी पापिष्ट ढल्दैछ है !
तानाशाह जराे उखेल्न अहिले, सङ्ग्राम चल्दैछ है !

०००
भरतपुर चितवन
२३ भाद्र २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x