साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक–एक अद्भुत नटराजहरू 

तर असह्य र असबाफ बनेको छ उसको चाल  उसकै भूमिकाले अल्मलाइरहेछ समाज भैरहेछ देश अस्तव्यस्त कहाँ बसी च्याउँदैछन् अझै  एक–एक अद्भुत नटराजहरू ?

Nepal Telecom ad
पदम दाहाल :
अद्भुत लाग्छ मान्छे ऊ
कहिले ओल्टिन्छ
कहिले कोल्टिन्छ
र जहिले तहिले पल्टिन्छ
कुनै बेला उल्टिन्छ पनि
अवस्था नसके बुझ्न
उत्तानोचित हुन्छ कहिले घोप्टिन्छ पनि
गतिशील भैरहेझैँ ठान्छ
र, पत्तै नपाई गुल्टिन्छ पनि
हुन पनि हो
विचित्रको परिपाठ मिलाउन सक्छ मान्छे ।
कुनै बेला गलो जोड्न आइपुग्छ
कुनै बखत थला पार्न आइलाग्छ
अनौठो छ मान्छे
अनेक बहनावाजी गर्छ
किनकि, अद्भुत छ,
बहुरूपी हुन्छ एउटै मान्छे ।
कहिले रानो सरह हुन्छ
भएर पनि भुईँमान्छे,
कहिले गानो बनेर दुखिरहन्छ
उही मान्छे
कुनै बेला हदै सप्रेको
केराको ठानो जस्तै भएर उक्सिन्छ ऊ
कहिले आँखैले नभ्याउने गरीको
उच्चाट महलको छानो उचालेर
अकासिन्छ ऊ
कुनै वेला कुहेको आलुको दानो
भएर हुत्तिन्छ
यस्तै यस्तै भूमिकाको अग्र पङ्तिमा
उभिएर डुक्रिन्छ कहिले भने
कहिले बतासिन्छ ऊ ।
पात्र एउटै हो
तर, उसको भूमिका अनगिन्ती छ
यसरी नै चल्छ जीविका उसको
जता जेमा हाल्यो हात
उतै अस्थिरता निष्ठुरताको गन्ती शुरु हुन्छ ।
कहिले निगरानीमा सलक्क चढ्छ
र पुग्छ माथि माथिसम्म
चरक्क चर्किन्छ कुनै बेला
र झर्छ तलतिर गमलङ्ङ
अनि खङ्रङ्ग पर्छ ऊ ।
कहिले देखिन्छ, झुलुक्क झुल्केझैँ
भुलुक्क उम्लेझैँ
अनि फुरुक्क परेर फर्किन्छ क्वै बेला
तर असह्य र असबाफ बनेको छ उसको चाल
उसकै भूमिकाले अल्मलाइरहेछ समाज
भैरहेछ देश अस्तव्यस्त
कहाँ बसी च्याउँदैछन् अझै
एक–एक अद्भुत नटराजहरू ?
०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
0
Would love your thoughts, please comment.x
()
x