साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमाउनेहरू

कि त झिँगाको बोसो निकालेर होस् अथवा घरको जोहो पित्को ननिकालेर होस् बहुत कमाइरहन्छन् कमाउनेहरू भरसक अरूलाई नै दुहुनो गाई सम्झिन्छन्‌ बरा, जसरी पनि कमाइरहन्छन् हरदम कमाइ खोज्नेहरू साँच्चिकै कमाउनेहरू ।

Nepal Telecom ad

पदम दाहाल :

जसरी पनि कमाउँछन् कमाउनेहरू
झोले बनेर पनि कमाउँछन्
कसैको द्वारपाल त कसैको डोके
अनि कतै डोले भएर पनि जमाउँछन्
कामै नगरीकन खानै नपुग्ने भएर पनि
कमाउँछन् कमाउनेहरू ।

कोही भने भरमार सम्पत्ति हुँदाहुँदै पनि
आधा खोले खाएर भए पनि
आफैँलाई चाम कस्न लगाएर भए पनि
सन्तानका लागि खाँदै नखाएर
अरूलाई जित्नका खातिर
सकेसम्म जमाउँछन्
जेजसरी होस्, नकमाई नहुने भएर नै
हरहालतमा कमाउँछन् ।

अरूको मोजमस्ती देखेर
चुहुन्छ रालै मुखबाट
त्यसैले आफूसितको एक कौडी
नझिकेर भए पनि कमाउँछन्
जडौरी भिरेर भए पनि रमाउँछन्‌
अरूको रोटी खोसेर भए पनि
आफूभित्रको बेखुसी गुमाउँछन् ।

जसरीतसरी होस् कमाउँछन्
कसैसँग हात पसारेर भए पनि
कसैको आहत सकारेर भए पनि
आफ्नै ज्यानको बाजी थापेर
रगतपसिना आधाउधी काटेर
कमाउन सक्नेले
आफू नरहने गरी कमाउँछन्‌
तागत निखारेर होस्‌
या त राहतमा अलिकति
भागबण्डा निकालेर होस्
नकमाई बस्न नसक्नेहरू
हरतरहले कमाउँछन् ।

कसैसित लोलोपोतो घसारेर होस्‌
या त आफ्नै मान्छेसँग चोसो पसारेर होस्
कि त झिँगाको बोसो निकालेर होस्
अथवा घरको जोहो पित्को ननिकालेर होस्
बहुत कमाइरहन्छन् कमाउनेहरू
भरसक अरूलाई नै दुहुनो गाई सम्झिन्छन्‌
बरा, जसरी पनि कमाइरहन्छन्
हरदम कमाइ खोज्नेहरू
साँच्चिकै कमाउनेहरू ।

०००
मादी न.पा. ६, सङ्खुवासभा, हाल, लोकन्थली, भक्तपुर ।
९८४२०९९८३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
त्याे पर्दैन

त्याे पर्दैन

होम सुवेदी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x