साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानुनमाथि बाँदर

साँच्चै दीन किसानका पिरहरू चिन्छन् र के बाँदर सच्चा शासनकी सुशासन परी दिन्छन् र के बाँंदर चिन्दै चिन्दिनँ चिन्नसक्छ कसले पत्ता उनैको हुँदा बस्छन् कानुनमाथि बाँदर भनी बाङ्गो छ मेरो बुँदा

Nepal Telecom ad

हिरा भट्ट “बदमास नम्बर दुई” :

केरा खान्छु भनी निवेदन दिने हुन्छन् कहाँ बाँदर
लाग्छन् बाँदरमा कहाँ हतकडी थुन्छन् कहाँ बाँदर
बोल्दै बोल्दिनँ बोल्नसक्छ कसले सत्ता उनैको हुँदा
बस्छन् कानुनमाथि बाँदर भनी बाङ्गो छ मेरो बुँदा
।१।

चोरी गर्न भुलेर बाँदर कहाँ बस्लान् सदाचारमा
भोग्लान् जेलसजाय बाँदर कहाँ हत्या बलात्कारमा
पोल्दै पोल्दिनँ पोल्नसक्छ कसले भत्ता उनैको हुँदा
बस्छन् कानुनमाथि बाँदर भनी बाङ्गो छ मेरो बुँदा
।२।

नाङ्गै हिँड्न लजाउने किसिमका होलान् कहाँ बाँदर
माथा वा मुटु ॐपवित्र जलमा धोलान् कहाँ बाँदर
देख्दै देख्दिनँ देख्नसक्छ कसले जत्था उनैको हुँदा
बस्छन् कानुनमाथि बाँदर भनी बाङ्गो छ मेरो बुँदा
।३।

साँच्चै दीन किसानका पिरहरू चिन्छन् र के बाँदर
सच्चा शासनकी सुशासन परी दिन्छन् र के बाँंदर
चिन्दै चिन्दिनँ चिन्नसक्छ कसले पत्ता उनैको हुँदा
बस्छन् कानुनमाथि बाँदर भनी बाङ्गो छ मेरो बुँदा
।४।

बुझ्ने बुझ्छ सरस्वती कलमको सन्देश होला जुन
बाङ्गा बाँदरमाथि बस्न बलियो बन्ला र के कानुन
बोलेँ बोल न बोल्नुपर्छ सबले आमा धुरुक्कै रुँदा
बस्छन् कानुनमाथि बाँदर भनी सोझो छ मेरो बुँदा ।
।५।

०००
बैतडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
झोले

झोले

खोलाघरे साहिँलोे
आउँछु भन्दाभन्दै

आउँछु भन्दाभन्दै

ईश्वर पाेखरेल
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य
टीचर

टीचर

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x