साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- ३७

त्यस्ता विकास-विरोधीहरूलाई उहाँले सबल प्रतिवाद गर्ने बताइएको छ, र त्यसका लागि उहाँका श्रीमान नाकेन्द्र धमलाले खुलेर साथ दिने घोषणा गर्नुभएको छ।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

लिजा बहिनीले “सहकारी पीडितलाई कारबाही गर” भनेर नारा लगाएको भिडियो क्लिप धेरै ठाउँमा देखियो। धेरै मिडियाको भीडभाडका बीच उहाँको त्यही साहसलाई सम्मान गर्दै उहाँका श्रीमान् नाकेन्द्र धमलाले पार्टी नै खोल्ने निर्णय गर्नुभयो । जसको कारण एक देशमा जनादेश पार्टी पनि थियो भनेर नाम दर्ता गराउन लिजा बहिनी सफल हुनुभएको छ।

फिल्म खेलेर लगभग दस करोड कमाउन सफल लिजा बहिनीले अब नेपाललाई नेदरल्यान्ड् जस्तै बनाउने घोषणा गर्नुभएको छ। सबैले स्विट्जरल्याण्ड बनाउने सपना देखाइरहेका बेला उहाँले चाहिँ भिन्न नारा—नेदरल्यान्ड् बनाउने—लिएर आउनुभएको छ । उहाँले चलचित्र क्षेत्रमार्फत देशलाई योगदान गरिसकेपछि अब राजनीति मार्फत सेवा गर्न लाग्नुभएको हो।

उहाँको पार्टीमा प्रवक्ताको जिम्मेवारी सम्हाल्न नेदरल्यान्ड्बाट दिलदार निसानी बगर नेपाल फर्कने कुरा पनि आइरहेको छ। प्रजातन्त्र-विरोधी, विकास-विरोधीहरूले उहाँका समुद्र किनाराका सामान्य अर्ध नग्न यात्रा-तस्बिरलाई सामाजिक सञ्जालमा ल्याएर अनावश्यक विवाद बढाउन खोजेको देखिन्छ। त्यस्ता विकास-विरोधीहरूलाई उहाँले सबल प्रतिवाद गर्ने बताइएको छ, र त्यसका लागि उहाँका श्रीमान नाकेन्द्र धमलाले खुलेर साथ दिने घोषणा गर्नुभएको छ। नुन-चिनी-पानी को सर्वेक्षण अनुसार यस पार्टीले आगामी चुनावमा स्पष्ट बहुमत ल्याउने देखिएको छ।

अहिलेसम्म निर्वाचन आयोगमा दर्ता भएका १३६ नै पार्टीलाई शुभकामना, तर लिजा बहिनीको जनादेश पार्टीलाई चाहिँ विशेष शुभकामना तथा बधाई।

०००
(व्यङ्ग्य लेखक दाहाल नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x