साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले रोक्यो निस्किन जन्ती

वरको दुलही घरजम हुनको छरछिमेकमा भोज छ गुनको अब त नजागे तिमी पछि पर्छौ अहिले नगरे कुन दिन गर्छौ ? हेर्न छ राम्रो घरजम तिम्रो एक सदीक्षा अपलक हाम्रो वात भएका छन् अनगिन्ती कसले रोक्यो निस्किन जन्ती ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

मङ्सिर महिना घर्किन लाग्यो
मौसम मधुरो फर्किन लाग्यो
महिना जाला लगन जुरेको
विवाह अब होस् शीघ्र लुरेको ।

सबतिर गर्छन् गुनगुन चर्चा
भित्र तयारी सुनियो पर्चा
चामल कुटियो ढकढक पारी
मास र मसुरो दाल तयारी ।

टपरी र दुना देख्छु गरेका
गहना कपडा खरिद भरेका
अब शुभ निम्तो पत्र छपाऊ
गाउँ गाउँमा शीघ्र पठाऊ ।

कमल फुलेको मस्त जवानी
सुन्दर छन् ती दुलही नानी
माहुर चन्दन युक्त ललाट
शुभ साइतमा हिँड घरबाट ।

फनफन फन्का सात घुमेर
देव पुकारी अग्नि पुजेर
डरडम बाजा डेक बजाऊ
नाच लगाऊ बसमा जाऊ ।

सटकट विधिले यज्ञ सकाऊ
दुलही लिइकन झटपट आऊ
अझ पनि चाला अलमल देखेँ
समय नफालून् भनिकन लेखेँ ।

अझ पनि लफडा कुन हो बलियो
बाह्र भाइमा किचलो किन यो
समय घर्कियो अब ता झन् झन्
दुलहा कुन हो भ्रममा सब छन् ।

सहने किन हो अझ अपमान
द्रुततर खोज्नू शीघ्र निदान
छलफल चाँडो पार लगाऊ
दुलहा कुन हो टुङ्गो लाऊ ।

वरको दुलही घरजम हुनको
छरछिमेकमा भोज छ गुनको
अब त नजागे तिमी पछि पर्छौ
अहिले नगरे कुन दिन गर्छौ ?

हेर्न छ राम्रो घरजम तिम्रो
एक सदीक्षा अपलक हाम्रो
वात भएका छन् अनगिन्ती
कसले रोक्यो निस्किन जन्ती ?

०००
विकास चोक ५, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
नाक र नेतृत्व

नाक र नेतृत्व

घनश्याम रेग्मी
पाइँनेछ मिठो फल

पाइँनेछ मिठो फल

घनश्याम रेग्मी
वृद्धवृद्धा सँगै छन्

वृद्धवृद्धा सँगै छन्

घनश्याम रेग्मी
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x