साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोल

तर नारी समाई भन्दछ डाक्टर छैन यसको ब्रेन कन्ट्रोल अनि धाईले प्याइदिन्छे मुसुक्क हाँस्तै रङ्गिन झोल ।

Nepal Telecom ad

अस्पतालको सगोल पलङमा
सेतो सुकिलो ओछ्यान पाई
नयाँ रोगी रम्दछ पहिले
खोल र तन्ना सुम्सुम्याई
अहा ! कस्तो सफा बिछ्यौना,
हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कथि मनोरम
खोपीभित्रको शैया जस्तो ।

तर जब ओल्टेकोल्टे गर्दा
तन्ना खोल अलि सर्न जान्छ,
अनि रोगीको आँखा सहसा
भित्री तहमा पर्न जान्छ ।

ती सुकिला खोलहरूभित्र
कति थाङ्ना ती सिरक डसना
टाल्दैतुल्दै छोप्पिइरहेको,
सयौं वर्षको अवशेषपना
छ्या ! छ्या !! देख्तै डुङ्ग गनाउने
पीप रगतका टाटैटाटा
जति पल्टायो उति घिनलाग्दो
दिशपिशावले कुहिँदा पाटा ।

देख्तछ जब यो रोगी अनि पो
खुल्दछ उसमा भित्री पोल
नव्य झैं लाग्ने भव्य झैं लाग्ने,
ओछ्यान रहेछ केवल खोल
दारा किट्छ अनि त्यो रोगी
चिच्याउन लाग्छ च्यात्तै खोल
खोल खोलमै कति दिन धान्छौ
जगजीवनको मोल ।

तर नारी समाई भन्दछ डाक्टर
छैन यसको ब्रेन कन्ट्रोल
अनि धाईले प्याइदिन्छे
मुसुक्क हाँस्तै रङ्गिन झोल ।

०००

वासुदेव लुइँटेलले गरेको टेपमा ‘रूपरेखा’मा छापिएको भनेर भैरव अर्यालकै आवाजमा उल्लेख गरिएको यसलाई फित्कौलीले ‘भैरव भन्छन्’ २०३४ बाट जस्ताको तस्तै ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
आराधना-नैतिकताको

आराधना-नैतिकताको

भैरव अर्याल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x