साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सांसद हराएको सूचना

Nepal Telecom ad

सभापति महोदय,
हामीले पठाएको सांसद हरायो भन्ने सुनिन थालेको छ
सांसद करायो भन्ने सुनिन थालेको छ ।
चारै महिना अघि हामीले ता तहाँकोमा पठाएकै थियौं ।
ऊ त्यहीं कतै हुनु पर्ने हो !
कता गयो त हामीले चुनेर पठाएको सांसद ?
के भएछ त उसलाई ?
पुलिस लगाएर खोजिदिनुहोला ।

गणपूरक सङ्ख्या नपुग्नु भनेको सांसद हराउनु हो
सांसदलाई हामीले चुनेकै हो
भोट हालेर बानेश्वरतिर पठाएकै हो
उसले यहाँ आदरणीय जनसमुदायहरू
भन्दै भाषण गरेकै हो ।
कता गएछ त सांसद ?
हामी जनताहरू पुलिससँग खोजिमाग्ने अपिल गर्र्छौं
पुलिसकै भए पनि खोजिमाग्नका लागि शरणै पर्छाैं ।

उपत्यकाभरि कुकुर लाएर भए पनि
उसको खोजी गरियोस्
अहिलेसम्म ता भागिगएको छैन होला
जसले फेला पार्छ सूचना गरिदिनु होला ।
प्रहरीसँग अनुरोध छ हाम्रो
सांसद राम्रो गरी खोजियोस्
क्यासिनोमा हुन सक्छ,
मधुशालामा हुन सक्छ
मसाज सेन्टरमा हुन सक्छ
रक्तचन्दनका बेपारीका साथ हुन सक्छ
रातो पासपोर्ट बेच्नलाई मोलमोलाइ
गर्दै गरेको हुन सक्छ
जहाँ भए पनि त्यो सांसदलाई खोजिदिनुहोला
जसले भेटे पनि सूचना गरिदिनुहोला
पुलिसलाई सहयोग गरिदिनुहोला
राम्रो गरी खोजेर बानेश्वरको भवनभित्र हुलिदिनुहोला
सभापति महोदय,
संविधान नबनुन्जेल सभाभवनकै छेउछाउमा कतैतिर
त्यसलाई फाले लगाएर बाँधिदिनुहोला ।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x