साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दको आनन्द

Nepal Telecom ad

बन्दमय देशका सम्पूर्ण बासिन्दालाई मेरो खुला हृदयको नमस्कार ! तपैँलाई था छ ? आजभोलि म त आरामसाथ फुर्सदले भजन गाएर बसिरा’छु । जोस जाँगरले भरिपूर्ण भएर काम गर्नुपर्ने बेलामा कामसाम नगरी भजन गाएर बस्ने कस्तो मान्छे भन्ठानेर छक्क पर्नु भ’को छ भने नपर्नुस् छक्क !
अब त कसैले काम पाएको, गरेको देखियो, सुनियो भने पो छक्क पर्नुपर्ने भएको छ । मेरा कुरा नपत्याए लौ तपैँ नै आफ्नोे छातीमा हात राखेर भन्नुस् त कहाँ र के काम गर्ने ? उद्योग, कलकारखानामा काम गरौँ, साना–ठूला, साझा, मझौला सबै खाले उद्योग, कलकारखाना धमाधम बन्द भ’र काम गर्ने झन्झटै खत्तम ! होटेल, रेष्टुरेन्टमा देशी विदेशी अतिथि देवदेवीलाई ख्वाइप्याई आदरसत्कार गर्ने काम गरौँ न त भने ती पनि ‘तँ भन्दा म के कम’ भने जसरी दु्रत गतिमा बन्दाबन्दी हुँदैछन् । त्यसैले कामदार र सञ्चालक दुबैलाई आप्mनै गार्डेनमा बसेर आनन्दले हावा खाँदै रमाउने अवसर मिलेको छ । लौ, भै हाल्यो कामधन्दा नभएको मौकामा यसो घुमघाम नै भए पनि गर्न जाऔँ न त भने पनि घर बन्द, टोल बन्द, जिल्ला बन्द, देश बन्द, सडक बन्द । सबै खुले गाडी बन्द अनि कहाँ कतिखेर के बन्दरुपी बज्र आफ्नोे तालुमा बज्री बडेमान्को आलु बगे्रल्ती फल्ने हो पत्तै हुँदैन । बानेश्वरको वीरेन्द्र अन्तर्राष्ट्रिय केन्द्रमा गएर ‘ताक परे तिवारी नत्र गोतामे’ भन्ने उखानलाई चरितार्थ पार्नेहरूको चर्तिकला हेरौँ, सुनौँ न त भने बैठकै बस्न नपाई भत्ता चैँ चालू सभा चैँ समाप्त भैहाल्छ । अब के गरौँ ? के गरौँ ? लौ जा त अब कम्प्युटर खोलेर नयाँ नौला कुराको ज्ञान प्राप्त गरौँ अनि यसो साथीसँगीसँग च्याटचुट पनि गरौँ भने त्यो पनि अदृश्य प्राणरुपी बिजुलीका कारण बन्द । गीत, सङ्गीत सुनौँ, टी.भी. हेरेर मनोरञ्जन गरौँ भने विद्युत आशीर्वाद विना ती पनि बन्द । ‘तै रिन तै रिन, बूढी बाख्री किन्’ भने झैँ झोँक चला’र पढन जाऔँ न त भने बेलाबेलाँ अनेक बहानामा यामानको भोटे ताल्चा ठोकी त्यतातिरको पनि दैलो नै बन्द । मिडियातिर काम गरौँ भने लोडसेडिङ्कको भाइरसको आक्रमणले त्यो क्षेत्र पनि आक्रान्त ! त्यति मात्र कहाँ हो र शर्वशक्तिमान् बिजुली प्रभुको वरदान र कृपाले चल्ने अरू पनि धेरै–धेरै कामकुराहरू सबै ढ्याक्क ला’र बन्द । !लौ भै हाल्यो नि त अब पकाउने सामग्री केही र’छन् भने भान्छामा गएर पकाउने तुल्याउने काम गर्नु प¥यो भनेर खाना पकाउनलाई पानी थाप्न धारो खोल्दा एक थोपा पनि आउँदै नआई पानी पनि बन्द । अनि त खाना पकाउने र खाने कामै बन्द । ‘घरै पिँडालु वनै पिँडालु, ससुराली जाँदा त झन बाह्र हातको पिँडालु’ भने झैँ यतै बन्द, उतै बन्द, चारैतिर बन्दै बन्द । काम बन्द, माम बन्द, अनि माम हाम पनि बन्द । आहा हा हा ! कत्ति रमाइलो हगि ! जताततै बन्दै बन्द ।
यसरी सर्वत्र बन्द हुँदा पनि दुःख, पीडा र अभाव चैँ सरकारको आदेशै मान्दैनन् बा ! खुरुक्क ला’र ठूलाठालूको आदेश मानेर बन्द हुनु पर्दैन भन्या ! अनि, अनि झन् अटेरी छ खाली पेटको भोक त ! नेताको भाषणले र ठूल्ठूला कुराले मज्जासँग टन्न ला’र भरिनुपर्छ नि ! नभरीकन रित्ताको रित्तै भएर झन् आन्द्रा पो बटारिन्छन् ए गाँठे !
अब यस्तो रमाइलो र अति आनन्ददायक स्थितिमा सारङ्कीजस्तो ज्यानबाट प्राणपखेरु कहिले उड्ने हो र कतिखेर एक मुठी सास पनि चल्न बन्द हुने हो, यो कुरो उनै परमेश्वरै जानून् । त्यसैले काम नभएको यस्तो फुर्सदिलो समयमा आउनुस् सँगै भगवान्को भजन गाऔँ–
हरे राम ! हरे राम !
राम ! राम ! हरे हरे !
काम पाए, माम खाए
ज्यानमा केही तरान परे
गाउँला प्रभु तिम्रो नाम
हैन भने हौँला परमधाम….

आउँला प्रभु तिम्रै धाम
गाउँला प्रभु तिम्रै नाम
हरे राम ! हरे राम !
राम ! राम ! हरे हरे !
….।

‘झिँगापुर’ हास्यव्यङ्ग्यसङ्ग्रह’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
पेसा

पेसा

रमेश समर्थन
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x