साधुराम खड्काकोल्टे फेर्दा अँध्यारो भित्तो
जोवनका उपलब्धि सबै
परिवारलाई सुम्पें
पसिना र रगत प्रत्येक पल
तिनैलाई खर्चें
जब परे मेरा छाला चाउरी
घरकी बुढीको मुख पनि न्याउली
सन्तानहरूको त खिसीट्युरी र
झिँ झिँ झर्को र फर्को
एकमुठी खान नि व्यथा छ चर्को
ओखतिको त कुरै छैन
पानी बेलामा पाए हुन्थ्यो
यसरी बाँच्नु भन्दा छिट्टै
जान पाए हुन्थ्यो
बुढेसकालमा छैन कोही सहारा
एकाितर झोली छाम्छु रित्तो
कोल्टे फेर्छु पाउँँछु अँध्यारो भित्तो ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































