साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए गधा, यहाँ आइज

Nepal Telecom ad

हाम्रो घरकम्पाउण्डको पूर्वपट्टिको पर्खाल वीर समशेरको पालामा बनेको अग्लो थियो । पुतली सडकपट्टिबाट आउँदा बाटाको पश्चिमतिर हाम्रो घर अनि पूर्वतिर हाल ज्योति विकास बैंक भएभन्दा पनि पर भैरव बहादुर थापाको घर निकै माथि थियो । २०१८ सालमा होलीको दिन म पर्खालभित्र लुकेर बाल्टिनमा रंग भरेर पचकाबाट बाटामा आउनेहरूलाई
रङ हाल्दै थिएँ । त्यसवेला पुतली सडकबाट आउने बाटो पीच भएको थिएन।ग्राभेल बाटामा आउने यात्रुहरू आफ्नै धुनमा आउँथे, अग्लो पर्खालमाथि कसैको ध्यान जाँदैन थियो । म लुकेर अग्लो पर्खालमाथिबाट आउनेलाई रङ्ग छ्याप्थें र तुरुन्त भित्र लुक्थें ।
पारि भैरव दाइ आफ्नो घरको झ्यालमा बसेर यो हेरेर निःशुल्क मजा लिइरहनुभएको थियो । अचानक रङ्गिएका बटुवाहरू हतप्रभ भएर रंग हाल्ने कसैलाई नदेखेपछि चुप लागेर आफ्नो बाटो लाग्थे ।
यत्तिकैमा यौटा जेण्टिलम्यान (झिल्के भएर लुगा लाएको) बाटामा आयो । मैले आफ्नो काम तमाम गरेर थपक्क पर्खालबाट टाउको लुकाएर बसें । त्यसलाई गजब लागेछ ।
कसैले पछाडिबाटै रङ्ग हालेको विश्वासमा ऊ फरक्क पछाडि फर्कियो । त्यहाँ कसैलाई नदेखेपछि ऊ झन् आश्चर्यचकित भयो । अनि फनक्क घुम्यो, फेरि घुम्यो र फेरि घुम्यो ।
भैरव दाइलाई असह्य भएछ र उनको उही याह याह याह याह को हास्य लहर चल्न थाल्यो । त्यस बटुवालाई लागेछ हो न हो रङ्ग छ्याप्ने यही हो । उसको सामान्य विचारले पनि काम गर्न सकेन कि त्यति परबाट पनि रङ्ग हाल्न सकिन्छ । अनि उसको भएभरको बल लाएर करायो– ‘ए गधा, यहाँ आइज’ । अब त झन् भैरव दाइको हाँसोलाई मलजल गरे जस्तो पो भएछ । बाबा, यस्तो हास्य लहर निस्किन थाल्यो कि टोल सिङ्गै थर्कन थाल्यो, मान्छेहरू घर घरबाट के भयो हँ भन्दै निस्किन थाले । न त यसो भयो भनेर भन्न सक्ने स्थितिमा भैरव दाइ, न त कुरो यसो हो भन्न बाहिर आउने मेरो आँट । तैपनि त्यस मूर्खले रङ्ग यहाँबाट हालेको होला भन्ने सोच्न पनि सकेन । पछि भैरव दाइको घरबाट त हुन सक्तैन भन्ने चाहिं उसलाई पनि विश्वास भयो तर यो रहस्य सुल्झाउन उसले सकेन । निकै बेर घोरिएर बसेपछि ऊ गयो । त्यस वेलादेखि होली खेलिएकै छैन भन्नु हुन्न तर अर्को वर्ष भन्न बाँकी राखें है ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x