बद्रीप्रसाद दाहाल ‘भस्मासुर’देश नै आज जोखिम
पार्टीमा लबी छन् टन्नै, विप्लवी वागी लस्कर ।
चिरै चिरा जता जाऊँ, रजाईं खागी–तस्कर ।।
तारे होटलको डिस्को, जिल्ला भ्रमण मन्त्रीको ।
लोकतन्त्र कहाँ हाँस्छ ? सम्पत्ति हेर मन्त्रीको ।।१।।
सङ्घ संस्था जता जाऊँ, एकता त कथा भयो ।
मन्चमत्ता सबै नेता, भागबन्डा लतै भयो ।।
सत्ता–रूपसीमा मस्त, अलमस्त छ जीवन ।
बिलासी लालसी नेता, लुटेरा झैं छ जीवन ।।२।।
गणतन्त्र गँडाहा भो, सङ्घीय बन्छ भङ्गीय ।
लोकतन्त्र दमाहा हो, एकतन्त्र त झाङ्गीय ।।
संयन्त्र समिति टन्नै, सर्कारै छोपिने भयो ।
बजेट जेट बन्दैछ, दर्कारै खोपिने भयो ।।३।।
देश गरीब पारेर, प्रशासक र शासक –
बनायौ धनी यै भ्रस्ट, सदाबहार चाकर ।।
बासी नै काशी हो हाम्रो, चारधाम महा–प्रभु ।
देश जोखिम खाँदै छ, घुस्याहा भन्दछन् ईशु ।।३।।
धादिङवेंसी
Subscribe
Login
0 Comments
Oldest








































