साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनोस् भ्रष्टाचार गरौँ !

Nepal Telecom ad

भ्रष्टाचार त यस्तरी फैलिएछ,
मानिसको यो कामको सिको अब कुकुरले पनि गर्न थालेछ ।
तीन महिना जति भएको थियो खडेरी परेको,
कुकुरले त खुट्टो उचालेर
रुखको फेद्सँग घुस माग्न थालेछ ।

रुख भन्ने– फलफूल छ दिन्छु, पैसा छैन ।
कुकुर धाक दिने– मलाई खुट्टो उचाल्न के अरु ठाउँ छैन ?
कुकुरले जे सित्तै गर्नै पर्छ आखिर ठाडो ढुङ्गामा गएर गर्यो ।
मर्ने नपर्ने फलदायी रुख पनि भ्रष्टाचार सफल नभएर सुकेरै मर्यो ।
भ्रष्टाचारले यस्तो नगर्नु गर्यो ।

भ्रष्टाचार गर्नु हुँदैन ।
मैले यो भनेको दिनदेखि छोरो स्कुल जान मान्दैन ।
भन्छ– भ्रष्टाचार त पढेलेखेकाले गर्ने काम हो,
अशिक्षितले त गर्छु भने पनि मौका नै पाउँदैन ।
जब भ्रष्टाचार गर्नुनै छैन भने स्कुल जानु पनि पर्दैन ।
यस्तो शक्तिशाली तर्कपूर्ण हुन्छ भ्रष्टाचार !
नयाँ साइकल (घुस) दिन्छु भनेको दिनदेखि,
छोरो फटाफट स्कुल जान्छ, जा भन्नै पर्दैन, ढिलो गर्दैन ।

भ्रष्ट एक भ्रष्ट दुई भ्रस्ट तीनले पनि पुग्दैन,
लिने, दिने, मिलाउने र जोगाउने भ्रष्ट चार नभई भ्रस्टाचार हुँदैन ।
चारचार जना पढेलेखेका मानिस मिलेर गरेको कामलाई,
कुनै आयोगको नियुक्ति पत्र नलिएकाले
भ्रष्टाचार भएको हो भन्न मिल्दैन ।

सप्पैलाई थाहा छ को को भ्रष्टाचारी हुन्, तर भन्न मिल्दैन,
आसले पनि भन्न मिलेन, त्रासले पनि भन्न मिल्दैन,
अर्काले घुस खायो भन्नेले आफू घुसखाने मौका पाउँदैन ।
भनिहाल्यो भने खाने मौका त गुमाउँछ गुमाउँछ,
आफू खुवाउनेहरुको पङ्क्तिमा सामेल नभई सुख पाउँदैन ।
चारचार जना पढेलेखेका मानिस मिलेर गरेको कामलाई
बिना सरकारी अधिकार कसैले भ्रष्टाचार भन्न त मिल्दै मिल्दैन ।

भ्रष्टाचार रोक्न सक्ने जम्मा तीन जना–
शिक्षक, बाउ र आमा ।
शिक्षकलाई राजनीतिले भ्यायो,
बाउलाई धन कमाउने धुनले खायो,
आमालाई बजारले लोभ्याएपछि,
कसैले भ्रष्टाचार गर्दा नि भन्न पायो ?

घुस दिनेले आफ्नो लाभ देखेरै दिने हो ।
घुस लिनेले दिनेलाई हुने लाभबाट नै लाभ लिने हो ।
दुई पक्षको लाभालाभको सम्बन्धबाट लाभान्वित हुन,
तेस्रो पक्ष भ्रष्टाचार निवारणवाला आएको हो ।
चौथो लाभान्वित पक्षले यी पङ्क्तिहरु कोर्दाको मजा लिई रहेको छ,
तपाईं पाँचौँ पक्ष यो पढ्नुको स्वादबाट लाभान्वित हुँदै हुनुहुन्छ ।
एक लेनदेनबाट पाँचपाँच पक्ष लाभान्वित हुने,
घुस बाहेक अरु के कुनै लेनदेन हुन सक्छ ?

त्यसैले आउनुहोस् पढौँ लेखौँ विद्वान् बनौं,
ठुल्ठुला सिद्धान्त छाँट्न सक्ने बनौँ,
आखिर यो देश र समाजको लागि केही गर्ने पर्छ
कुनै न कुनै पदमा बस्नै पर्छ
एक्लै थोरै गर्न सकिन्छ थोरै गरौँ
सङ्गठित भए बढी गर्न सकिन्छ बढी गरौँ
जति सकिन्छ त्यति गरौँ
यही सजिलो यही रमाइलो
जसले जति सक्छ त्यति गरौँ
आउनोस् आउनोस् भ्रष्टाचार गरौँ !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x