साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारको जय होस् !

पेटभरि खान पाए खोस्रिएर गोरेटो बनाउँदा हुन् मूलबाटो पेटभरि खान पाए नराखेर बाँझो खन्दा हुन् बारीका पाटा ।

Nepal Telecom ad

सरकार !
म राधादेवी सदा
सरकारकै सेविका
अहिले पो कुना बस्नुपरेको छ
सरकारकै आँगनमा आउनेछु कुनैदिन
र, सफा गर्नेछु रछ्यान
केबल एकपेट बक्सियोस् अन्न
सरकार !
सरकारको जय होस् !!

सरकार !
कुनै भव्य दरबार चाहिन्न बस्न
नयाँ सुकिला वस्त्र चाहिन्न लाउन
चिल्लो चम्किलो सवारी चाहिन्न चढ्न
मीठा चौरासी व्यञ्जन चाहिन्न खान
केबल एकपेट बक्सियोस् अन्न
यिनै लाम्टा चुसेर हुर्कँदै छ सेवक
सरकारकै सेवामा पाउ लाग्नेछ कुनैदिन
र, तिर्नेछ आफ्नो जन्मको रिनधन
तीन दिन तीन रात भयो सरकार
पेटमा एक दानू परेको छैन अन्न
अझै केही दिन
भोकै पनि बाँच्न सक्छु होला
केबल हाँसिदिए यो बालक
खाली पेट नै बिताउन सक्छु झैँ लाग्छ जीवन
सरकारको गाथमा मङ्गल छाओस्
केबल एकपेट बक्सियोस् अन्न
सरकार !
सरकारको जय होस् !!

सरकार !
मैले पेट भर्न सके
यस बालकको आँत रसाउँदो हो
यसले पेट भर्न सके
हजुरकै सेवामा रमाउँदो हो
सरकार ! रसाइरहन्छन् आँखा
मेरै आँसु देखेर रून सिकेझैँ लाग्छ यसले
मैले हाँसेको देख्न पाए
हाँस्न पनि जान्दो हो यसले
केबल एकपेट बक्सियोस् अन्न
मेरै काखमा हुर्कँदै छ सेवक
सरकारकै सेवामा पाउ लाग्नेछ कुनैदिन
सरकार !
सरकारको जय होस् !!

सरकार !
पाठशाला चाहिन्न गाउँमा
पाकशाला, मधुशाला र व्यायामशाला
अस्पताल, पानीबत्ती र मोटरबाटो
सरकारले चुनाबताका भासन गरेजस्तो
कुन्नि केके केही चाहिन्न गाउँमा
पेटभरि खान पाए
पढ्न नपाए पनि हुर्किँदा हुन् सन्तान
पेटभरि खान पाए
उपचार नपाए पनि लड्दा हुन् रोगसित
पेटभरि खान पाए
खोस्रिएर गोरेटो
बनाउँदा हुन् मूलबाटो
पेटभरि खान पाए
नराखेर बाँझो खन्दा हुन् बारीका पाटा
पेटभरि खान पाए
अँधेरीमा पनि चम्किँदा हुन् आँखाका नानी
पेटभरि खान पाए
गाउँमै फुलाउँदा हुन् अन्नका फूल
गाउँमै फलाउँदा हुन् खुसीका मूल
सरकार ! यही झुपडीमा हुर्किँदै छ सेवक
सरकारकै सेवामा पाउ लाग्नेछ कुनैदिन
केबल एकपेट बक्सियोस् अन्न
सरकार !
सरकारको जय होस् !!

२०७७ ज्येष्ठ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अग्नि उत्सव

अग्नि उत्सव

भावकेशर बराल
बुद्ध र आगो

बुद्ध र आगो

भावकेशर बराल
मायाको बिस्कुन

मायाको बिस्कुन

भावकेशर बराल
शहीदलाई प्रश्न

शहीदलाई प्रश्न

भावकेशर बराल
आउनुभो यस बस्तीमा ?

आउनुभो यस बस्तीमा ?

भावकेशर बराल
0
Would love your thoughts, please comment.x
()
x