नन्दलाल आचार्यअप्रिल गाली
पत्नीप्रेमको रहस्य खुलेपछि पतिले भने; “ब्यारे, अप्रिल फुल मनाएको भन भन प्यारी ।”

“तिमी मान्छे असाध्यै नजाती रहेछौ । स्वार्थको डल्लो रहेछौ । तिम्री जोई हुनुभन्दा त सडकको माग्ने बन्नु धेरै गुना जाती हो ।“
पत्नीले एक भकारी गाली छाद्दा पनि पति केही बोलेका थिएनन् । पत्नीको आक्रोस कति ठीक र कति बेठीक पतिले छुट्याउन सकेका थिएनन् । खासगरी उनले आफ्नो कमजोरी देख्न सकेका थिएनन् ।
पत्नी शब्दवाण प्रहार गर्दिथिइन्; “जागा छउन्जेल तिम्रो सेवामा डटेर लाग्नुपर्छ । निद्रामा समेत तिम्रै बारेमा सोचेर बरबराउनुपर्छ । आँखा खोल्दा तिमीलाई नभेटेपछि आत्तिएर औडाहामा जल्नुपर्छ ।”
“अरे यार, मेरो कमजोरी के हो ?” सहन नसकेर पतिले प्रश्न राखे ।
“के चैँ होइन भन न ।” पत्नी आक्रोस चुलियो ।
“तिमीहरूकै लागि जागिरे भा’को छु । आफू मानसिक रोगी भएकाले छुटकारा पाउन बिहान सबेरै डुल्दै योगशिविर धाउँछु । अल्छीलाई वनवास पठाएको छु । सधैं ऊर्ध्वगामी विचारलाई मनमा सजाउने गरेको छु । अझ म नै कसरी दोषी ?”
“हो, त्यसैले तिमीले टेन्सनको भारी लादेका छौ ।” मलाई नतमस्तक पार्ने गरी उनले पड्कँदै थपेकी थिइन्; “तिम्रा सबै कुरा ठीक छन् । यो ठाउँका लागि हामी पराई हौँ । २ बजे रातिदेखि डुल्न हिँड्दा चोरडाकु ठानेर कसैले तिम्रा करङ सोझ्यायो कि भन्ने त्रास हुन्छ मलाई ।”
पत्नीप्रेमको रहस्य खुलेपछि पतिले भने; “ब्यारे, अप्रिल फुल मनाएको भन भन प्यारी ।”
२०७८-१२-१८
अप्रिल १, २०२२ सिरहा ।
Subscribe
Login
0 Comments
Oldest








































