साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँसौं है त ! हा… हा… हा…

Nepal Telecom ad

पाँच ठट्याैली

रामे हस्याङ्गफस्याङ्ग गर्दै बजारमा कुद्दै गरेको बेलामा स्यामे अर्को तर्फबाट उस्तै हस्याङ्गफस्याङ्ग गर्दै आइरहेको देखोपछि—
रामे : ए श्यामे तँ किन यसरी आत्तिएर आएको हँ ?
श्यामे : मेरी त श्रीमती हराई यार ! अनि तँ नि ?
रामे : मेरी पनि श्रीमती हराई यार !
श्यामे : तेरी श्रीमति कस्ती छ त ?
रामे : मेरी श्रीमती त ऐश्वर्या रायको जस्तो अनुहार, माधुरीको जस्तो चाल, करिश्माको जस्तो जिउ भएकी छ । अनि तेरी नि ?
श्यामे : गोली मार यार मेरीको बारेमा । हिँड जाउँ तेरी चाहिँलाई खोज्न ।

000

एउटा पकेटमारले एउटा वकिलको पकेट मारेछ र वकिलले पकेटमारलाई उसको पर्ससँगै प्रहरीमा रङ्गेहात पक्डिएर लगेछ ।
पुलिस : ए पकेटमार ! तैले उहाँको पकेट काटेको हो ? ल साँचो साँचो भन् ।
पकेटमार : हो हजुर तर मलाई मेरी श्रीमतीबाट ‘डिभोर्स’ गर्दिनुस् हजुर ।
पुलिस : हैन पकेटमारीसँग डिभोर्सको के सम्बन्ध छ हँ ?
पकेटमार : छ हजुर उहाँको पर्समा हजारका २ वटा नोटसँगै मेरी श्रीमतीको फोटो पनि भेटियो ।

000

एक जना मित्र अर्को मित्रकहाँ ‘डिनर’को लागि गएछन् । तर त्यस घरकी मित्रकी श्रीमती चाहिँ सधैं भाँडा मस्काउने, झाडु लगाउने मात्र गरेपछि पाहुना मित्र आश्चर्यमा परेछन् ।
पाहुना मित्र : मित्र, घरमा अरू त सबै ठीक रहेछ तर एकजना भाँडा मस्काउने, सफा गर्ने मान्छे राख्नुपर्ने रहेछ ।
सत्कार गर्ने मित्र : त्यति चिन्ता छैन, उनी पनि (श्रीमतीतिर देखाँउदै) शुरुमा भाँडा मस्काउने, झाडु लगाउने कामकै लागि आएकी थिइन् यस घरमा ।

000

स्वर्गमा भर्खरै आएका दुईजना युवक बीच परिचय भएछ । त्यसपछि-
पहिलो युवक : तपाईं कसरी यो युवा अवस्थामै यहाँ आउनु भयो त ?
दोस्रो युवक : म त मेरी केटी साथीको कोठामा बसिरहेको थिएँ है, त्यही बेलामा उसको श्रीमान आइपुग्यो । फ्रिजमा लुक्ने भएको चिसोले यहाँ आइपुगेँ । अनि तपाइँ नि ?
पहिलो युवक : म त एकदिन दिउँसो अफिसबाट एक्कासी कोठामा आइपुगेँ । भित्र त मेरी श्रीमती एउटा केटासँग गफ दिएर बसेकी रहिछे । आवाज सुनेपछि ढोका ढकढकाएर कोठा भरि खोजो । कहिँ भेटिन । कहाँ गयो होला त्यो भन्ने सोच्दा सोच्दै यहाँ आइपुगेँ ।

000

एउटा जँड्याहा टन्न मातेर, रल्लिँदै बाटोमा हिँड्दा एउटा साधुसँग ठोक्किन गएछ ।
साधु : (रिसाउँदै) मनुष्य तँलाइ यसरी ठोक्किदै हिँड्न कसले लगायो हँ ? तलाई म ‘श्राप’ दिन्छु ।
जँड्याहा : धन्य होस्, प्रभु धन्य होस् । हजुर महान् हुनुहुन्छ । मेरो यत्रो लामो जीवनमा हजुर नै यस्तो साधु होइबक्सन्छ जसले मेरो मनको भावना बुझेर ‘सराब’ दिने बाचा गर्नुभयो ।

— सङ्कलक :अग्नि ‘कश्यप’
तिनकुने, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x