साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हार्दिक बधाई रोचक र नगेन्द्र दुबै दाइ

Nepal Telecom ad

काठमाडौँ । अभिव्यक्ति साहित्यिक द्वैमासिकका प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष एवम् वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता क्षेत्रका एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ ।

उहाँले साहित्यिक पत्रकारिताका क्षेत्रमा २०२७ सालदेखि अभिव्यक्ति प्रकाशित गरी पुर्याएको अतुलनीय योगदानको कदर गर्दै शुभेच्छुक साहित्यकारको अगुवाइमा “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोष“-२०७८ स्थापना भएको हो । उमेरले ८५ वर्ष टेक्नुभएका शर्माको नाममा स्थापित पुरस्कार साहित्यिक पत्रकारिता क्षेत्रको एक गरिमामय पुरस्कार हो । यस कोषका संरक्षक एवम् पुरस्कार अर्पण समारोहका प्रमुख अतिथि नगेन्द्रराज शर्माले पहिलोपटक रू २५ हजार राशि रहेको “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार” आजै रचना साहित्यिक द्वैमासिकका प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष ,प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवम् वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई प्रदान गर्नुभयो ।

घिमिरेले २०१६ सालदेखि रचना प्रकाशित गर्दै साहित्यिक पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएको छ । साथै, नगेन्द्रराज शर्मा,रोचक घिमिरे र मोहन दुवाललाई शिखर साहित्यिक पत्रकारको रूपमा लिइन्छ। सो कोष अभिवृद्धिको लागि आजै घिमिरेले रु ३० हजार रकम आर्थिक सहयोग गर्नुभएको छ ।

सो कोशका अध्यक्ष तथा साहित्यकार पवन आलोकको अध्यक्षतामा सम्पन्न समारोहमा वरिष्ठ साहित्यकारहरू शङ्कर भारती,रामप्रसाद पन्त,किशोर पहाडी , श्रीओमश्रेष्ठ रोदन , विजय चालिसे, देविका तिमल्सिना , विधान आचार्य लगायतले आआफ्नो मनतव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रमको उद्घोषण साहित्यकार यादव भट्टराईले गर्नुभएको थियो । नगेन्द्र दाइले ८५ वर्ष टेक्नुभएकोमा उहाँलाई जन्मदिनको हार्दिक शुभकामना छ । पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा फित्किौली अनलाइनका सल्लाहकार रोचक घिमिरे र ८५ वर्ष टेक्नुभएकाअभिव्यक्तिका शिखर नगेन्द्रराज शर्मा दुबैलाई हार्दिक बधाई ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x