साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अस्पतालमा उडुस आतङ्क

जुध्छन् राँगा पेट भित्र हानाहान गर्छन्, बिहानसम्म गल्छन् पड्के सेकुवा भई झर्छन्, पेट फुल्छ हुस्स हुस्स ढ्याउ आउँछ ढुस्स, रकेटको आवाजका साथ अश्रुग्याँस फुस्स ।

Nepal Telecom ad

टुँडिखेलको उत्तापटि अस्पताल वीर छ
यस्तो ज्याद्रो अस्पतालमा ज्याद्रै मात्र छिर्छ
आधा मासु सिध्याउँछ आधा बोकी आउँछ
त्यै आधा नि सिध्याउने पाईलै पिच्छे ठाउँ छ

संस्थानमा स्यालको हुद्दा सरकारमा सर्प
गलाएर डस्छन् जनता मानि औधि गर्व
आधा टाईम काममा आधा टाईम जाममा नाश
आधा आधा फेर्छन् शास शहर बस्ने सबै लाश

कैले नाके सुरुङ पोल्ने कैले पेट कराउने
अस्पताल छन् सबका सब सिधै चैट गराउने
पैले खान्थे आगो सबै निकाल्दथे कोईला
अ‍ैले खान्छन् राँगो सबै निकाल्दछन् छोईला

जुध्छन् राँगा पेट भित्र हानाहान गर्छन्
बिहानसम्म गल्छन् पड्के सेकुवा भई झर्छन्
पेट फुल्छ हुस्स हुस्स ढ्याउ आउँछ ढुस्स
रकेटको आवाजका साथ अश्रुग्याँस फुस्स

तब हुन्छ अस्पतालमा बिरामिको लर्को
नाकमा झिँगा पसेजस्तो डाउटर मान्छ झर्को
बेड मुनि बटालियन उडुसको ताँती
आधा शरीर बिहान बाँकि आधा सक्छ राती

वीरमा पाल्या वीर उडुस कछुवा झैँ लाग्छ
चिरिक्क पार्दा तिरिक्क हुन्छ बुलेट रेल झैँ भाग्छ
अश्रुग्याँस र उडुसको ककटेल भयो गन्ध
उपचार छ मन्द मन्द श्वासै होला बन्द

एकापटि डोजर जस्तो कोपरेर खान्छ
अर्कापटि झम्पल झैँ घ्वाच्च घ्वाच्च हान्छ
कोतरेर उधिनेर शरीर भयो जाली
नस्नी आउँछे मस्किएर पड्काउँदै ताली

लुक्ने सुरुङ यै ढाडमा खन्छ जस्तो छाँट छ
बढ्दै गएर उडुस बिच्छी बन्छ जस्तो छाँट छ
यता टोक्दा बुरुक्क उता टोक्दा बुरुक्क
मेसिनगन लिएर सरकार आईज यहाँ खुरुक्क

ब्यस्त सबै रातैभरि उडुसहरु मारी
हुद्दै आउँछ बततबअप गर्छ भो आतंककारी
कान्ती जाउँ छैन शान्ति उडुसकै ताँती
सामूहिक हमला छ दिउसो अनि राती

सर्कारमा छन् बिच्छी, किर्ना, उडुस जनता चुस्ने
जनताकै आँशु पिउने रगतले गाँस मुस्ने
उपचार विदेशमा खवाक्क जब खोक्छन्
आाँशु, मासु, रगत खाए हड्डीसमेत टोक्छन्

गंगटो झैँ डाउटर छ याँ पैसा झ्याप्प पार्छ
बिल थमाउँछ बिरामीको घाँटी क्याप्प पार्छ
बिरामी सब उडुस मार्ने डाउटर सबै दंग
तब आउँछ समाचार उडुसको आतंक !!

मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x