साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटौंडामा खुला कविता प्रतियोगिता एवम् स्रष्टा सम्मान

निर्णायक  मण्डलमा साहित्यकारहरू निमेष निखिल, छवि अनित्य र भावना सापकोटा रहनु भएको सो कार्यक्रममा प्रतियोगी कविका रुपमा ७३ वटा कविता समावेश भएका थिए ।

Nepal Telecom ad

हेटौंडा, फागुन ६, २०७९ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको व्यवस्थापनमा ‘शहिद’ विषयक खुला कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार संगम पार्टी प्यालेसमा आयोजित कार्यक्रममा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका सदस्य अनिता न्यौपानेद्वारा स्वागत मन्तव्य तथा ४ नं. वडाका वडाध्यक्ष नविन सिग्देलले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।

निर्णायक  मण्डलमा साहित्यकारहरू निमेष निखिल, छवि अनित्य र भावना सापकोटा रहनु भएको सो कार्यक्रममा प्रतियोगी कविका रुपमा ७३ वटा कविता समावेश भएका थिए । ७ हजार ५ सय राशीसहित समर्पण न्यौपाने प्रथम, ५ हजार ५ सय राशीसहित स्वस्तिका दाहाल द्वितीय, ३ हजार ५ सय राशीसहित रुपक घलान तृतीय स्थान प्राप्त गर्नुभयो । साथै १ हजार राशीसहित इलिसा पराजुली, कृतिका लौडारी र सरोजकुमार साहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार तुल्सी थापा, तुलसी घिमिरे, आर.सी.रिजाल, रमेशमोहन अधिकारी र तीर्थदेवी सिलवाल सम्मानित हुनु भयो भने साहित्य सर्जकहरू पुरुषोत्तम आचार्य, राजकुमार लामिछाने, सानुबाबु खनाल, सुवास खनाल, छवि अनित्य, नन्दरत्न स्थापित, भावना सापकोटाले अप्रतियोगी रचना वाचन गर्नुभयो ।

कार्यक्रममा जिसस पूर्व अध्यक्ष रघुनाथ खुलाल, साहित्यकारहरू देवराज खरेल, राजकुमार लामिछाने, सानुबाबु खनाल, देवराज तिवारी, शान्ति प्रियवन्दना, हरि पौड्याल, केशव समर्पण, श्रीराम अधिकारी, डिबी बर्तौला लगायत साहित्यकार तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रह्यो ।

कार्यक्रम प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पौडेल । तस्विर :महेन्द्र ओझा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x