चन्द्रमणि अधिकारीमानियोस् कसुर
सानुमायाँ नाम कुनै ठूलीमायाँ हीरा कुनै खोज्छन् धनीमानी, कोही कानचिरा सभ्यताको डढेलोमा सल्किएको आगो छन् पल्लवी नन्दनमा परितृप्त पाको ।

१.
कली जुगे कृष्ण काले भन्छन् मोरीहरू
नक्कले हो हाम्रै बाबा भन्छन् छोरीहरू
को भन्दा छ को कम्ती र भन्छन् छोराहरू
बुढो बाबु जिस्क्याएर हाँस्छन् मोराहरू ।
२.
साली बन्न आएका छन् दुई देउरानी
शङ्काबाट लङ्का पिट्छिन् मेरै महारानी
एकातिर जमुना छ अर्कोतिर राधा
दोसाँधमा जिन्दगानी चेपिएको बाधा ।
३.
साँच्चै रानी, रातरानी साख्खै ज्ञानी हुन
छन्द निक्कै साँच्चिकी पूणर्िमाकी जून
नाम चन्द्र, पन्ध्रसाल जन्मिएको तिथि
श्रीपञ्चमी फागुनमा पर्छ जन्म मिति ।
४.
कस्ले के के सिकाउँछन्, के के चाला बुन्छन्
मौका आओस् पहिर्याऊँ भनी माला उन्छन्
सिर्जनाले तबेलामा घोडा बाँध भनिन्
तिर्सनाले यो बेलामा जोडा बाँध भनिन् ।
५.
कस्को कुरा मान्ने मैले कालीको कि गोरी
दुबैजना उस्तै लाग्छन् सधैं एकोहोरी
कुनै भन्ने नाँच्ने खेल्ने गरौँ न दोहोरी
चिरी चट्ट अत्तरमा, म देख्छु फोहरी ।
६.
सानुमायाँ नाम कुनै ठूलीमायाँ हीरा
कुनै खोज्छन् धनीमानी, कोही कानचिरा
सभ्यताको डढेलोमा सल्किएको आगो
छन् पल्लवी नन्दनमा परितृप्त पाको ।
७.
आफैंलाई नचिनेर लेखेँ आफ्नै गीत
उपहार जम्मै तिम्रो, हार मेरो जीत
प्रणयिनी कामिनीको हराउँछ सुर
लेखेँ गीत यही मेरो मानियोस् कसुर ।
०००
२०७९/११/०४, बिहान
म्याग्दे, तनहुँ
Subscribe
Login
0 Comments
Oldest






































