साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानियोस् कसुर

सानुमायाँ नाम कुनै ठूलीमायाँ हीरा कुनै खोज्छन् धनीमानी, कोही कानचिरा सभ्यताको डढेलोमा सल्किएको आगो छन् पल्लवी नन्दनमा परितृप्त पाको ।

Nepal Telecom ad

१.
कली जुगे कृष्ण काले भन्छन् मोरीहरू
नक्कले हो हाम्रै बाबा भन्छन् छोरीहरू
को भन्दा छ को कम्ती र भन्छन् छोराहरू
बुढो बाबु जिस्क्याएर हाँस्छन् मोराहरू ।

२.
साली बन्न आएका छन् दुई देउरानी
शङ्काबाट लङ्का पिट्छिन् मेरै महारानी
एकातिर जमुना छ अर्कोतिर राधा
दोसाँधमा जिन्दगानी चेपिएको बाधा ।

३.
साँच्चै रानी, रातरानी साख्खै ज्ञानी हुन
छन्द निक्कै साँच्चिकी पूणर्िमाकी जून
नाम चन्द्र, पन्ध्रसाल जन्मिएको तिथि
श्रीपञ्चमी फागुनमा पर्छ जन्म मिति ।

४.
कस्ले के के सिकाउँछन्, के के चाला बुन्छन्
मौका आओस् पहिर्याऊँ भनी माला उन्छन्
सिर्जनाले तबेलामा घोडा बाँध भनिन्
तिर्सनाले यो बेलामा जोडा बाँध भनिन् ।

५.
कस्को कुरा मान्ने मैले कालीको कि गोरी
दुबैजना उस्तै लाग्छन् सधैं एकोहोरी
कुनै भन्ने नाँच्ने खेल्ने गरौँ न दोहोरी
चिरी चट्ट अत्तरमा, म देख्छु फोहरी ।

६.
सानुमायाँ नाम कुनै ठूलीमायाँ हीरा
कुनै खोज्छन् धनीमानी, कोही कानचिरा
सभ्यताको डढेलोमा सल्किएको आगो
छन् पल्लवी नन्दनमा परितृप्त पाको ।

७.
आफैंलाई नचिनेर लेखेँ आफ्नै गीत
उपहार जम्मै तिम्रो, हार मेरो जीत
प्रणयिनी कामिनीको हराउँछ सुर
लेखेँ गीत यही मेरो मानियोस् कसुर ।

०००
२०७९/११/०४, बिहान
म्याग्दे, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x