साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यर्थ नहोस् है व्यङ्ग्य

Nepal Telecom ad

मुटुमा च्वास्स छोएन, घोचेन वक्ष वाणले
किन भो देह दुर्घन्धी, नछाडीकन प्राणले
देश हाँक्ने हुँदा बाङ्गा, सोझियो रे उतै दुनो
कुप्रा रोगी भई निर्धा कुर्न बाघ भए कुनो
फाँसीकै बलिवेदीमा निर्दोषी ज्यान टाँगिदा
व्यर्थ नहोस् है व्यङ्ग्य, दुनियाँ स्वतः बाङ्गिदा ।

छड्किँदा ठोकिने डर् भो, नहुँदा सम–अन्तर
जात फेर्दैछ मान्छेले बाँधी बुटी र जन्तर
दैँत्य जस्तै भई कैले, सिङौरी खेल्छ होडले
छाती खोस्रेर आमाकै, डुक्रँदै हिँड्छ जोडले
पशुतुल्य भई छाडा, मान्छे यी आज छ्याङ्गिदा
व्यर्थ नहोस् है व्यङ्ग्य, दुनियाँ स्वतः बाङ्गिदा ।

सञ्चारमा हुँदै क्रान्ति, भूगोल साँगुरो भयो
किर्ते कुनम्मरी भाषा, ध्वनि तरङ्ग भैगयो
गुरु बाङ्गो हुँदा शिष्य सोझिन जान्दथ्यो किन
शिक्षा छन् चाकडीमुखी आत्मवल् घट्छ दिनुदिन
मनमस्तिष्कमा मैलो, हिंशाको बोट झाङ्गिदा
व्यर्थ नहोस् है व्यङ्ग्य, दुनियाँ स्वतः बाङ्गिदा ।

घैँटामा घाम लागेन, बतास छैन कानमा
तीलसरी भए इज्यत् को बस्थ्यो अपमानमा
लिनेभन्दा दिने दोषी, कारोबार हुँदा घूस
बनेर भुसको थैलो, सल्कन्छौ भित्र भुस्भुस
देखाइ सक्कली रूप, ढकनी नै उदाङ्गिदा
व्यर्थ नहोस् है व्यङ्ग्य, दुनियाँ स्वतः बाङ्गिदा ।

कुरिती विकृति बढ्दा धानिँदैन परम्परा
नरनारी रूमल्लिन्छन्, बनी इन्द्र, अप्सरा
साधूकै सोझियो दृष्टि, अर्धनङ्गा भएतिर
सुन्दरी कोमलाङ्गीका, झुकेनन् लाजले शिर
खोल्नु कि छोप्नु यी आँखा अझै निर्धक्क नाङ्गिदा
व्यर्थ नहोस् है व्यङ्ग्य, दुनियाँ स्वतः बाङ्गिदा ।

कोसीदेखा, काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुन्दा छि: हेर्दा नि !! 

सुन्दा छि: हेर्दा नि...

निर्मोही शङ्कर पाठक
गोहीको आँसु 

गोहीको आँसु 

निर्मोही शङ्कर पाठक
बधाई ! छ

बधाई ! छ

निर्मोही शङ्कर पाठक
कुकुर पाल्नेका सान

कुकुर पाल्नेका सान

निर्मोही शङ्कर पाठक
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x