साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पसिना र आँसुको स्वाद !!

Nepal Telecom ad

कोदालाको बिँडमा भाँचिएको जिन्दगी 

चप्पलको लोतीमा छिनेको जिन्दगी
हलोको फालीमा खिइएको जिन्दगी
सर्टको ढाडमा फाटेको जिन्दगी
खपी नसक्नु दुख्छ र दुखिरहन्छ
शरीरभरि सर्बत्र टालेको जिन्दगी !

निरन्तर खिएर आफ्नै तालुमा
फुटेर आफ्नै कुर्कुच्चामा
कुप्रिएर आफ्नै ढाडमा
चाउरिएर आफ्नै अनुहारमा
घरी घरी ऊ
अपरिचित जस्तो भएर
मेरो सामु उभिन्छ !

एकदिन हेरें गहिरिएर
उसको हत्केलामा ठेलै ठेलाहरूले
पढ्नै नमिल्ने गरी
धेरै पहिले नै पुरिएको रहेछ
उसको भाग्य रेखा !

धेरैबेर सोचिरहें…
यो देशमा
पसिना र आँसुको स्वादमा के फरक छ ?

हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x